१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राप्रपामा अध्यक्षको लागि मतदान सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा मध्यान्ह १२ बजेबाट अध्यक्ष पदको लागि मतदान सुरु भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

राप्रपामा सर्वसम्मत भएन, थापाविरुद्ध राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेतृत्वका लागि कमल थापा र प्रदीपविक्रम राणाबीच प्रतिस्पर्धा हुने भएको छ। राजधानीमा जारी 'एकता' महाधिवेशनमा आइतबार कमल थापा र राणाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

'हलो' मा अड्क्यो राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन र मस्यौदा विधान चुनाव चिह्नका कारण रोकिएको छ। पार्टीको चुनाव चिह्न गाईको सट्टा हलो राख्नुपर्ने प्रकाशचन्द्र लोहनी पक्षको अडानका कारण प्रतिवेदन पारित हुन नसकेको हो।

राप्रपा अध्यक्षमा लोहनीले पनि उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उनले भने, 'एकतन्त्रीय रुपले पार्टीलाई लैजाने मानसिकता र चिन्तनलाई चुनौती दिन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ।'

राप्रपा अध्यक्षमा थापा सर्वसम्मत

राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरू एकता महाधिवेशनअघि नै कमल थापालाई अध्यक्ष बनाउन सहमत भएका छन्। पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दको निवासमा बुधबार साँझ बसेको शीर्ष नेताहरूको बैठकमा उक्त सहमति भएको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपा महाधिवेशनको खर्च एक करोड ५० लाख

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनमा करिब रु एक करोड ५० लाख खर्च गर्ने भएको छ। पार्टीको महाधिवेशनमा देश तथा विदेशबाट सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकलाई खान, बस्न तथा महाधिवेशनका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसारका लागि सो रकम खर्च गर्न लागिएको हो।

राप्रपामा १ सय ६१ सदस्यीय केन्द्रीय समिति बन्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनबाट एक अध्यक्षसहित एकसय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ। पार्टीको आसन्न महाधिवेशनका लागि संशोधन गरिएको विधानमा त्यस्तो व्यवस्था गरिएको हो । नयाँ विधानअनुसार महाधिवेशनमा नयाँ पदाधिकारीका लागि निर्वाचन गरिने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

राप्रपाले राजतन्त्र र हिन्दु राज्य नीति लिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आशन्न महाधिवेशनबाट राजतन्त्र र हिन्दु राज्य नीति अनुमोदन गर्ने भएको छ। पार्टीको एकता महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा सो प्रस्ताव समेटिएको महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए। राप्रपाको एकता महाधिवेशन यही फागुन ६ देखि ९ सम्म राजधानीमा हुँदैछ।

राप्रपाको प्रस्ताव :पाँच विकास क्षेत्र नै संघीय प्रदेश

प्रदेश सीमांकनमा विवाद चलिरहेका बेला राप्रपामा संघीय संरचना निर्माण गर्दा पाँच विकास क्षेत्रलाई आधार बनाउनुपर्ने प्रस्ताव आएको छ।

'महाधिवेशनसम्म राप्रपा सरकारमै'

राप्रपाले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई तत्काल सरकारबाट फिर्ता नबोलाउने भएको छ। राप्रपा अध्यक्ष कमल थापाले पार्टीको एकता महाधिवेशनपछि मात्र सरकारमा रहने वा अलग हुने निर्णय गरिने बताए। फागुन ६ गते राप्रपाको एकता महाधिवेशन हुने कार्यक्रम छ।

६५ जिल्लामा राप्रपाको नयाँ नेतृत्व

राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिकांश जिल्लामा  अधिवेशन सम्पन्न जनाएको छ। माघ २५ गते भएको अधिवेशनबाट ६५ जिल्लामा नयाँ नेतृत्व चुनिएको छ। केही जिल्लामा विवाद देखिएकाले नेतृत्व चयन हुन सकेको छैन भने केही जिल्लामा समानान्तर समिति गठन भएका छन्।

राप्रपा खोटाङको अध्यक्षमा श्रेष्ठ

राप्रपा खोटाङको अध्यक्षमा जीवन श्रेष्ठ चयन भएका छन्। बुधबार राति सम्पन्न अधिवेशनले राप्रपाको ५५ सदस्यीय जिल्ला समिति गठन गरेको हो। राप्रपाको सहअध्यक्षमा ललितकुमार राई सर्वसहमत चयन भएका छन्।

राप्रपा जिल्ला अधिवेशन आज

एकता महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार जिल्ला अधिवेशन गर्दैछ। पार्टीका प्रवक्ता ठाकुरप्रसाद शर्माका अनुसार जिल्ला अधिवेशनले ७५ जिल्लामा कार्यसमिति निर्वाचित गर्नेछ। 'माघ २१ गते हामीले दुई सय ४० वटै निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्‍यौं।

राप्रपा संशोधन विधेयकका विपक्षमा

सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकमा समर्थन नगर्ने भएको छ। पार्टीको बुधबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रिय हित अनुकूल नरहेकाले यथास्थितिमा विधेयकमा समर्थन नगर्ने निर्णय गरेको हो। राष्ट्रिय हित अनुकूल हुने गरी विधेयकमा परिमार्जन गर्नुपर्ने माग राप्रपाको छ।

डा. लोहनी आजदेखि राप्रपाको राष्ट्रिय अध्यक्ष

आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको पदभार डा प्रकाशचन्द्र लोहनीले सम्हालेका छन् । निवर्तमान अध्यक्ष पशुपति शम्शेर राणा सो पदबाट अलग हुन चाहेकाले पार्टीको विधानअनुसार डा लोहनीलाई आज सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो जिम्मेवारी दिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्