२० आश्विन २०८१ आइतबार
image/svg+xml

उत्तर सिरियामा रुसले गर्‍याे हवाई हमला, ५० भन्दा धेरै लडाकुकाे मृत्यु

उत्तर सिरियाको इडलिब प्रान्तमा गरिएकाे रुसी हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ।

सिरिया विरुद्ध अमेरिकी थप प्रतिबन्धहरु घोषणा

संयुक्तराज्य अमेरिकाले एक दर्जनभन्दा बढी सिरियाली नागरिक र संस्था विरुद्ध बुधबार नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ ।

रुससँग झडप भएपछि सिरियामा अमेरिकाले बढायो सैन्य शक्ति

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता अर्बनले शुक्रबार आफ्नो वक्तव्यमा भनेका छन्, ‘अमेरिका सिरियामा कुनै सेनासँग टकराव गर्न चाहँदैन, तर आवश्यक परेका खण्डमा गठबन्धनले सेनाको रक्षा गर्नेछ।’

लाखौँ सिरियाली भोकमरी संकटमा: अन्तर्राष्ट्रिय संस्था

लाखौ सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन्।

कोरोना कहर : लाखौँ सिरियालीहरू भोकमरीको सङ्घारमा

कोरोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

सिरियामाथिको अमेरिकी प्रतिबन्धले सिरियामा समस्या हुने इरानको भनाई

अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ। सिरियाली राष्ट्रपति बसर अल असदसँग कामगर्ने सिरियाली कुनै पनि कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।

रुसी र टर्किस राष्ट्रपतिबीच सिरिया द्वन्द्वबारे वार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका समकक्षी रिसेप तैयव एर्डोगानबीच सिरिया द्वन्द्वबारे वार्ता हुने बताइएको छ।

उच्च इरानी कमाण्डर सिरियाको राजधानीमा मारिए

इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको शुक्रबार सिरियाको राजधानी दमास्कसमा गोली हानी हत्या गरिएको छ।

सिरिया शान्तिमा फेरि बादल

सिरियामा नौ वर्षदेखिको गृहयुद्ध अन्त्य हुने र शान्ति छाउने आशामा फेरि कालो बादल देखिन थालेको छ।

इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ को मृत्यु

गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकुलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा ६ लडाकुको मृत्यु भएको छ।

सिरियाली फौजलाई प्रत्याक्रमण गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी

टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगानले सिरियाली सुरक्षा फौजलाई आक्रमण गर्ने चेतावनी दिएका छन्। आफ्नो देशका सुरक्षाकर्मीहरुलाई सिरियाली सुरक्षाकर्मीहरुले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरुले पनि आक्रमण गर्ने उनले चेतावनी दिएका हुन्।

सिरियाको इदलिबमा हवाई आक्रमण जारी, नौ जनाको मृत्यु

सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ। विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो।

सिरियामा इजरायलको क्षेप्यास्त्र हमला

बेलायत आधारित ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले भने इजरायली आक्रमणका कारण सात विदेशीसहित ११ व्यक्ति मारिएको बताएको छ।

उत्तरी सिरियामा शान्तिका लागि रूस र टर्कीबीच सहमति

रूस र टर्कीले सिरियामा पछिल्ला केही हप्ता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन्।

कुर्दिस लडाकुविरुद्ध रुस र टर्कीकाे ‘ऐतिहासिक सम्झौता’

उत्तरी सिरियामा कुर्दिस लडाकुविरुद्ध सैन्य कारवाही गर्न रुस र टर्कीबीच सम्झौता भएको छ। अहिले उत्तरी सिरियामा टर्कीले युद्धविराम गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्