२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामाथिको अमेरिकी प्रतिबन्धले सिरियामा समस्या हुने इरानको भनाई

अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ। सिरियाली राष्ट्रपति बसर अल असदसँग कामगर्ने सिरियाली कुनै पनि कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। सो कार्यको विरोध गर्दै इरानले सो घटनाले यसै पनि युद्धमा रहेको सिरियालाई थप समस्या पार्ने बताएको छ।  

यस कार्यलाई इरानले क्रुर भनेको छ। अमेरिकाको यस्तो क्रुर कार्यको संज्ञा दिँदै यस्ता कार्यमा इरानले कहिल्यै विश्वास नगर्ने जनाएको छ। इरानले त्यस्ता कार्यहरु अन्तर्राष्ट्रिय कानुन र मान्यताको विरुद्ध रहेको पनि बताएको छ।

अमेरिकाले सिरियाली राष्ट्रपति बसर अल असद र उनकी श्रीमतीसँग कामगर्ने कुनै पनि कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। यसबाट सिरियामा ठूलो आर्थिक संकट पर्नसक्ने बताइएको छ।

कोरोना भाइरसको संकटका समयमा अमेरिकाले यसरी युद्धग्रस्त देश सिरियामा यस्तो प्रकारको आर्थिक नाकाबन्दी लगाउनुलाई इरानले क्रुर काम भनेको छ।  

इरान पनि सन् २०१८ देखि अमेरिकी नाकाबन्दीमा रहेको छ। इरानसँगको पारमाणविक सम्झौताबाट एकतर्फी रुपमा पछि हटेर अमेरिकाले सन् २०१८ देखि इरानमाथि आर्थिक नाकबन्दी लगाउँदै आएको छ।

प्रकाशित: ४ असार २०७७ १०:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App