‘चाइना टेलिकम’ माथि अमेरिकी प्रतिबन्ध ‘द्वेषपूर्ण दमन’: बेइजिङ
राष्ट्रिय सुरक्षाको चिन्तामा अमेरिकामा सेवा दिँदै आएको चिनियाँ दूरसञ्चार प्रदायक ‘चाइना टेलिकम’लाई देशभित्र सञ्चालन गर्न प्रतिबन्ध लगाउने संयुक्त राज्य अमेरिकाको निर्णय ‘द्वेषपूर्ण दमन’ भएको बेइजिङले बिहीबार बताएको छ।