२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुससँग झडप भएपछि सिरियामा अमेरिकाले बढायो सैन्य शक्ति

रुसका सेनासँग झडप भएपछि अमेरिकाले सिरियामा सैन्य शक्ति बढाएको छ।  

अमेरिकाका अनुसार सिरियाको उत्तर(पूर्वी सीमानामा ६ वटा ब्राडली सवारीसाधन र १०० सिपाही तैनाथी त्यसैको एक हिस्सा हो।  

यस वर्ष अमेरिका र रुसका पेट्रोलिङ सैन्य टुकुडीबीच धेरै झडप भएको छ। अमेरिकी नौसेनाका क्याप्टेन बिल अर्बनका अनुसार यो निर्णयले गठबन्धन सेना र सुरक्षाको निश्चित गर्नेछ।  

उनका अनुसार लडाकु सवारीसाधनका अलावा अमेरिकाले ‘सेन्टिनल राडार’ पनि जडान गरेको छ भने अमेरिकी लडाकु विमानको गस्ती पनि बढाइएको छ।  

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता अर्बनले शुक्रबार आफ्नो वक्तव्यमा भनेका छन्, ‘अमेरिका सिरियामा कुनै सेनासँग टकराव गर्न चाहँदैन, तर आवश्यक परेका खण्डमा गठबन्धनले सेनाको रक्षा गर्नेछ।’  

अमेरिका र रुसबीच केही हप्तायतभा उत्तरपूर्वी सिरियामा तनाव बढिरहेको छ। अगस्टको अन्त्यमा रुसको एक गाडीसँगको टक्करमा सात अमेरिकी सैनिक घाइते भएका थिए। यसमा दुई देशले एकअर्कालाई दोष लगाएका छन्। बिबिसीबाट

प्रकाशित: ३ आश्विन २०७७ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App