२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेविसंघ अध्यक्ष महरको राजीनामा स्वीकृत

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघ अध्यक्ष नैनसिंह महरको राजीनामा स्वीकृत गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अध्यक्ष महरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

‘राहुल झुटको नायक’

भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री एवं बिजेपी नेता शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाएका छन्। गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य भएको चौहानको भनाई छ।

भेनेजुएला प्रकरणमा विज्ञप्ति आवश्यक थिएन : खड्का

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको प्रतिक्रिया दिए। उनले भने, ‘दाहालले भेनेजुएला प्रकरणमा अमेरिकाले हस्तक्षेप गर्यो, साम्राज्यवादी ‘कु’ भन्नुभयो। दाहालले त्यसरी भन्नु आवश्यक नै थिएन।’

वीपी उद्यानलाई नामेट पार्ने काम कांग्रेसलाई सह्य हुँदैन

वीरगंजमा पूर्वप्रधानमन्त्री वीपी कोइरालाको नाममा बन्न लागेको वीपी उद्यानको निर्माण वदर गर्न खोजेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

आवश्यकता हेरेर सभापति पनि लड्न सक्छु : गगन थापा

नेपाली कांग्रेसका केन्द्रिय सदस्य  गगनकुमार थापाले आउँदो महाधिवेशनमा आफु पार्टी सभापति सम्म लड्न सक्ने बताएका छन्। नेपाल प्रेस युनियन गोरखाले आज बिहान गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने ‘त्यतीबेलाको अवस्था (कथाले) के माग्छ त्यो अनुसार महामन्त्री , सभापतिसम्म लड्न सक्छु, ति पदमा मेरो आवश्यकता भएन भने केन्द्रिय सदस्यमै रहनपनि सक्छु।’ नेता थापाले पहिलो पुस्ताको नेताले भने विश्राम लिनुपर्नेमा जोड दिए।

वर्तमान मन्त्रिमण्डल भ्रष्टहरुको क्लबजस्तै भयो : गगन थापा

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले वर्तमान मन्त्रिमण्डल भष्ट्रहरुको क्लब जस्तो भएको टिप्पणी गरेका छन्। कांग्रेस गोरखाले शनिबार गोरखा सदरमुकाममा गरेको सुशील कोइरालाको चौथो स्मृतिसभा एव वर्तमान राजनीतिक अवस्थाबारे विचार गोष्ठीमा उनले अहिलेको दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका हुन्।

कांग्रेसको विधानमा फेरि विवाद

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विधानका विषयमा फेरि किचलो सुरु भएको छ। पार्टी पदाधिकारी संख्या र चयन प्रक्रियामा लामो विवाद र बहसपछि महासमिति बैठकले विधान संशोधन प्रस्ताव पारित गरे पनि त्यसलाई अन्तिम रूप दिन जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय पदाधिकारी र सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने नहुने जस्ता विषयमा विवाद सुरु भएको हो।

कांग्रेसमा तल्लो तहबाटै निर्वाचित हुँने व्यवस्था माग

नेपाली कांग्रेसका नेताहरूले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू तल्लो तहबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्न माग गरेका छन्।

कांग्रेस बैठक जारीः नेविसंघको विवाद आजै टुंगिने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद टुंगो लगाउनेबारे छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कार्यसमिति म्याद हदको विवादले नेविसंघको महाधिवेशन हुन सकेको छैन्। महाधिवेशन नहुँदा नेविसंघ दुई धुव्रमा विभाजित भएको छ भने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समेत अनिश्चित बनेको छ।

सरकारलाई कांग्रेस सांसदको प्रश्नः भेनेजुएलाको पक्ष लिएर नेपालीलाई के फाइदा ?

नेपाली कांग्रेसका सांसदले सरकार खुलेरै भेनेजुएलाको पक्षमा उभिएको भन्दै आपत्ति जनाएका छन्।  प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद पार्वती डिसी चौधरीले नेपालसँग कुनै साइनो र सम्बन्ध नभएको भेनेजुएलाको पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्ति, सोही विज्ञप्तिलाई नेकपाले सदर गर्नु र सरकारको धारणा पनि सोही आशयको आउनुले नेपाली जनतालाई के फाइदा हुन्छ भनी प्रश्न गरिन।

कांग्रेस कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेस  केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

नाममा राजनीति

संसद्बाट चिकित्सा शिक्षा विधेयक पास भएपछि नेपाली कांग्रेस आन्दोलनमा छ। डा. गोविन्द केसीसँग भएका सम्झौता लत्याइएको विरोधसँगै कांग्रेसले आफ्ना पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोलिएका अस्पताललाई सरकारले गरेको बेवास्ता आन्दोलनको मूल जड बनाएको छ।

कांग्रेससँग निहुँ खोज्ने बाँकी रहेको इतिहास छैन : बलायर

नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री बिरबहादुर बलायरले काँग्रेससँग निहुँ खोज्ने बाँकी नरहेको बताएका छन्। मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले नेकपाले काँग्रेसलाई पेल्न थालेको भन्दै काँग्रेस सडकमा आउँदा नेकपा पनि इतिहास बन्ने चेतावनी दिए। ‘काँग्रेसको इतिहास हेर्नुस, निहुँ खोज्ने बाँकी रहेको इतिहास छैन’ उनले भने, ‘राणाले निहुँ खोजे सकिए, पञ्चायती ब्यवस्थाले निहुँ खोज्यो सकियो, राजाले निहुँ खोजे राजसंस्था नै ढल्यो।’

विश्वप्रकाशले भनेः धुर्मुस–सुन्तलीबाट केही सिक्नुस प्रधानमन्त्रीज्यू !

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले झापा निवासी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जिल्लाका चर्चित कलाकार धुर्मुस–सुन्तलीको जोडीबाट धेरै कुरा सिक्नुपर्ने बताएका छन्। ‘प्रधानमन्त्रीज्यूले स्वयं नेपाल र नेपाली जनताबाटै ठूलाखाले विकास निर्माण गर्न नसक्ने भयबाट मुक्त हुनुपर्छ’, नेपाल प्रेस युनियन सर्लाहीद्वारा मंगलवार आयोजित पत्रकार भेटघाटमा शर्माले भने, ‘नेपाल र नेपालीबाटै विकास निर्माण गर्न सकिन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले आफ्नै जिल्लावासी धुर्मुस–सुन्तलीबाट धेरै सिक्नुपर्ने देखिन्छ।’

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत सरकारको विरोध गरिएको छ । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनमा जम्मा भएर सरकारको विरोध गर्दै सरकारबिरुद्ध ज्ञापनपत्र बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्