इयूले नेपाली हवाई उडानमा लगाएको बन्देज हटाउन माग
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले युरोपियन युनियन (इयू) ले नेपाली हवाई उड्डयनमा लगाएको प्रतिबन्ध हटाउन अनुरोध गरेका छन्। अध्यक्ष मोरले नेपालका लागि इयूकी राजदूत नोना डेप्रेजसँगको भेटवार्तामा त्यस्तो अनुरोध गरेका हुन्।