२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अफगानिस्तानमा १९ लडाकू मारिए

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन्।  मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस) का लडाकू कमाण्डर समेत रहेको रक्षा मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानमा ११ तालिबान मारिए

अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको छ।

अफगानिस्तानमा मारिएका पत्रकारको सम्झनामा दीप प्रज्वलन

अफगानिस्तानमा आतंककारी हमलामा मारिएका पत्रकारको सम्झनामा राजधानीको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।

अफगानिस्तानमा तालिवान विद्रोहीको आक्रमण, ११ प्रहरीको मृत्यु

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा तालिवान विद्रोहीले थापेको धराप तथा सशस्त्र झडपमा परी कम्तिमा ११ जना प्रहरीको मृत्यु भएको स्थानीय टोलो न्यूज टेलिभिजनले शुक्रबार जनाएको छ।

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन्।

अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी यु–१९ को फाइनलमा

अष्ट्रेलिया आईसीसी यु–१९ विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

अफगानिस्तानमा थप ७ सय अमेरिकी सेना आउने

अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप ७०० अमेरिकी सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको खामा न्यूज एजेन्सीले शनिबार जनाएको छ।

अफगानिस्तानमा कारबाहीमा परी २६ लडाकू मारिए

अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका छन् ।

चीनले अफगानिस्तानमा सैन्य वेश क्याम्प खोल्ने

चीनले सीमा क्षेत्रमा उग्र नक्सलवादीको घुसपैठ रोक्न अफगानिस्तानको बादाख्सन प्रान्तमा आतंकवाद विरोधी सैन्य वेश क्याम्प खोल्ने भएको छ।

अफगानिस्तानमा २३ विद्रोही मारिए

अफगानिस्तानको नानगाहार प्रान्तमा बुधबार राती भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ जना विद्रोही मारिएका छन्।  भिडन्तका क्रममा सुरक्षाकर्मीहरूले अन्य १४ जनालाई पक्राउ समेत गरेको प्रान्तीय सरकारले बिहीबार जानकारी दिएको छ।

अफगानिस्तानमा ४ लाख ४५ हजार नागरिक विस्थापित

अफगानिस्तानमा जारी द्वन्द्वको कारण सन् २०१७ मा मात्र ४ लाख ४५ हजार भन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् ।

पूर्वी अफगानिस्तानमा ६० आइएस लडाकू मारिए

पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सुरक्षाबलले गरेको कारबाहीको क्रममा ६० भन्दा बढी आइएस लडाकू मारिएका छन्।

अफगानिस्तानमा आत्मघाती हमला, १७ को मृत्यु

अफगानिस्तानको जलालाबाद शहरमा आत्मघाती बम विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ। जलालाबादमा आइतबार अन्तिम संस्कारका क्रममा भएको विस्फोटमा १५ जना गम्भीर घाइते छन्।

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, कम्तीमा ४१ को मृत्यु

अफगानिस्तानमा बिहीबार भएको श्रृंखलाबद्ध आत्मघाती बम विस्फोटमा परी कम्तीमा ४१जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्।  अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नशरत रहिमी अनुसार राजधानी काबुल नजिकै रहेको सांस्कृतिक क्षेत्रलाई लक्षित गरी गराइएको विस्फोटपछि पनि लगातार २ विस्फोट भएका थिए । श्रृखंलाबद्ध विस्फोटका कारण घाइतेलाई समयमै उद्दार गर्न नसकिएको रहिमले बताए।

अफगानिस्तानमा कारबम विस्फोट हुँदा आठको मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ। यस विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अज्ञात सङ्ख्यामा अन्य व्यक्ति घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्