coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अफगानिस्तानमा मारिएका पत्रकारको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– अफगानिस्तानमा आतंककारी हमलामा मारिएका पत्रकारको सम्झनामा राजधानीको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ। 

नेपाल पत्रकार महासंघ र फोटो पत्रकार क्लब नेपालको संयुक्त आयोजनामा घटनाको विरोध तथा मृतक फोटो पत्रकार तथा पत्रकारको सम्झनामा साँझ ६ बजे दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो। 

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकार र सञ्चारकर्मीको उपस्थिती थियो।

सोमबार अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा १० जना पत्रकारले ज्यान गुमाएका थिए। आत्मघाती लडाकुले पत्रकारको प्रेस कार्ड देखाएर घटनास्थलमा विस्फोट गराएका थिए। अन्य पत्रकारहरु घटनास्थलमा रिपोर्टिङ गरिरहेका थिए। उक्त विस्फोटमा एएफपी (एजेन्सी फ्रान्स प्रेस) का फोटो पत्रकार साह मराईको पनि निधन भएको थियो। उनी २२ वर्षदेखि एजेन्सीमा कार्यरत थिए।

विगत १५ वर्षमा विश्वमा विभिन्न घटनामा १ हजार पत्रकारले ज्यान गुमाइसकेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App