५ आश्विन २०८१ शनिबार
image/svg+xml

काठमाडौं महानगरका सबै वडामा सरसफाइ

काठमाडौं महानगरपालिकाका जनप्रतिनीधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ वटै वडामा सरसफाइ गरेको छ।

सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन महानगरपालिकाका प्रमुख साहको आग्रह

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन।

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

कुल शय्याको दश प्रतिशत शय्या विपन्न, असहाय, बेवारिसे बिरामीका लागि छुट्याइ निशुल्क उपचार नगर्ने निजी अस्पताललाई काठमाडौ महानगर पालिकाले कारबाही गर्ने भएको छ।

‘माटोबिना नै सहरी खेती गर्ने सिप सिक्यौं’

डेढ महिनाअगावै यस स्कुललाई महानगरपालिकाले कार्यक्रमका लागि पाँच लाख रकम अनुदान दिएको थियो। स्कुलका कक्षा ८ र ९ का विद्यार्थीले डेढ महिनाअघि विद्यालय परिसरमा रोपेको सागसब्जी तथा फूल अहिले बिक्री हुन थालेपछि विद्यार्थी दंग परेका छन्।

महानगरको मानवीयता

कर्णाली प्रदेशको कालीकोटबाट एम्बुलेन्स किन्न आर्थिक सहयोग माग्न आएकालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले एम्बुलेन्स नै उपलब्ध गराउने प्रस्ताव गरे।

उपत्यकाभित्रको अव्यवस्थित तार हटाउन थालियो

काठमाडौं महानगरपालिकाले उपत्यकाको सडक किनारामा रहेका पोलमा जथाभावि टाँगिएका तार हटाउन चेतावनी दिएसँगै सोमबारबाट व्यवस्थापन गर्न थालिएको छ।

टुकुचामाथि बनेका संरचना अवैध रहेको भन्दै मन्त्रालयलाई लगत कट्टा गर्न महानगरको पत्र

टुकुचा खोलाभित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने बताउँदै महानगरले लगत कट्टा गर्न मन्त्रालयलाई पत्र लेखेको हो।

काठमाडौँ महानगरपालिकाले काट्याे अव्यवस्थित तार (तस्बिरहरु)

काठमाडौं महानगरपालिका क्षेत्र भित्रका अव्यवस्थित तारहरु काट्ने काम आजदेखि सुरु गरिएकाे छ।

पार्किङ गर्न नदिएपछि ट्याक्सी व्यवसायीहरु आन्दोलित

सडक किनारमा काठमाडौं महानगरपालिकाले पार्किङ गर्न नदिएको विरोधमा ट्याक्सी व्यवसायीहरु आन्दोलित भएका छन् । ट्याक्सी व्यवसायीहरुले काठमाडौ महानगरपालिका अगाडि खाली ट्याक्सी तेस्याएर विरोध जनाएका छन्।

आयुर्वेदको प्रवर्द्धन र बिस्तार गर्न आवश्यकः मेयर साह

आइतवार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

विद्यालयमा राजनीतिक दलका कार्यक्रम नगर्न महानगरकाे निर्देशन

काठमाडौँ महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ।

महानगरले सिल गर्‍यो बालाजुको कोत-धुकु पेट्रोल पम्प (तस्बिरहरु)

महानगरले ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो।

पुरानो बसपार्कस्थित प्रहरी बिटमा महानगरको डोजर

काठमाडौं महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ। मंगलवार महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडकपेटीको प्रहरी बिट हटाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्