२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

टुकुचामाथि बनेका संरचना अवैध रहेको भन्दै मन्त्रालयलाई लगत कट्टा गर्न महानगरको पत्र

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले टुकुचा खोलामाथि बनाइएका संरचनाको लगत कट्टा गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र मन्त्रालयलाई पत्र पठाएको छ।

टुकुचा खोलाभित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने बताउँदै महानगरले लगत कट्टा गर्न मन्त्रालयलाई पत्र लेखेको हो।

मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारीरसार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४ (२) ले सरकारीरसार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र  सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको पत्रमा उल्लेख छ।

प्रकाशित: २५ वैशाख २०८० १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App