१ माघ २०८२ बिहीबार
image/svg+xml

कपिलवस्तुबाट ६ महिनामा ७ जनाले त्यागे नागरिकता

चालु आर्थिक वर्ष २०८२-०८३ को साउनदेखि पुस मसान्तसम्म जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा आवश्यक प्रक्रिया पूरा गरी नागरिकता त्यागेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

ओलीको शुभकामना पोस्टमा अधिकांश कमेन्ट: ‘नो ओली, वन्ली बालेन’

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा पोस्ट गरिएको माघे सङ्क्रान्तिको शुभकामना सन्देशमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा नारा लगाउँदै कमेन्टको बाढी आएको छ।

सरकारी भ्रष्टाचार नियन्त्रण अभियानमा नेपाल रिपब्लिक मिडियाको साथ

कम्पनीका प्रवन्ध निर्देशक समृद्धि ज्ञवालीले सरकारले हरेक वर्ष ५ अर्ब रुपैयाँ विज्ञापनका लागि छुट्याउने गरेपनि २ अर्ब हाराहारीमा मात्रै खर्च हुने गरेको बताइन्।

आगलागीबाट विश्वकर्माको १३ लाख बराबरको धनमाल नष्ट

त्रियुगा नगरपालिका १६ सिरुवानीमा बिहीबार बिहान आगलागी हुँदा घर, गोठसहित जलेर लाखौँको धनमाल नष्ट भएको छ ।

नेपालमा नेपालीको सरकार हुनुपर्छ, विदेशीको आदेश मान्ने ‘पपेट’ होइन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपाली जनताको हितमा काम गर्ने सरकार हुनुपर्नेमा जोड दिँदै विदेशीको इशारामा चल्ने ‘पपेट’ (कठपुतली) सरकार स्वीकार्य नहुने बताएका छन्।

सरकारले रविलाई ‘हिरो’ बनाउन मुद्दा फिर्ता लियो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा प्रकरणमा सरकारले नाटक मञ्चन गरेको आरोप लगाएका छन्।

धार्मिक सद्भाव कायम राख्न सबै घरपरिवार सक्रिय हुन आवश्यकः प्रहरी महानिरीक्षक कार्की

सामाजिक सद्भाव भड्काउन सक्रिय रहेका व्यक्तिको पहिचान गरेर आवश्यक कारबाही हुने प्रतिवद्धता व्यक्त गर्दै महानिरीक्षक कार्कीले धार्मिक सद्भाव कायम राख्न हरेक घरपरिवार संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याए ।

बढ्दैछ ‘योग क्रान्ति’

घर फर्किएलगत्तै पतञ्जली योग समिति दैलेखको योग शिविरमा नियमित ‘कपालभाती’ प्राणायाम गर्न थाल्नुभएका थापाको अहिले मुटुको समस्या पूर्णरूपमा निको भएको छ ।

माघ १ नेपाली राजनीतिको कालो दिन पनि हो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ १ गतेलाई नेपालीहरूले तरुल र घिउचाकु खाएर रमाइलो चाडका रूपमा मनाउने गरे पनि नेपाली राजनीतिक इतिहासमा यो दिन निकै दुखद र कालो दिनका रूपमा रहेको बताएका छन्।

सिलौटाले हानेर श्रीमतीको हत्या

सिलौटाले हानेर भक्तपुरमा श्रीमतीको हत्या भएको छ । घरायसी विवादको क्रममा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

महेश भन्छन्- कांग्रेस फुट्दा एमालेलाई चुनाव जित्न सजिलो भयो, तर हामी खुसी छैनौं

नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजनले एमालेलाई आगामी चुनावमा प्राविधिक रूपमा फाइदा पुग्ने भए पनि आफूहरू यसबाट खुसी नभएको बताएका छन्।

४५ दिनमा सकियो ‘हन्टर’को छायांकन

चलचित्र ‘हन्टर’को छायांकन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को छायांकन ४५ दिनमा सकिएको हो ।

राष्ट्रपतिको आह्वान: शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं

राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न आह्वान गरेका छन् ।

‘भृकुटीमण्डपबाट देउवा चुनिँदा आधिकारिक हुने, म चुनिँदा कसरी पार्टी फुट्छ ?’

नेपाली कांग्रेस (विशेष महाधिवेशन पक्ष) का नवनिर्वाचित सभापति गगनकुमार थापाले आफूहरूले पार्टी नफुटाएको बरु विधानसम्मत रूपमा नेतृत्व मात्र परिवर्तन गरेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्