१४ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्वाधारले भरिँदै भेरी अस्पताल

दशकौं अघिका पुराना तथा जीर्ण भवनबाट सेवा दिँदै आएको भेरी अस्पतालले चाडै सुविधायुक्त भवन पाउने भएको छ।

तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् ।

बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

संक्रमितको चाप घटेपछि रित्तिन थाले बाँकेका अस्पताल र आइसोलेसन

उपचारका लागि भर्ना हुन आउने संक्रमित बिरामीको चाप कम भएपछि दिनहुँ बेड खाली हुन थालेका हुन्। दोस्रो लहरमा कोरोना भाईरसको महामारी फैलिएपछि यहाँका अस्पताल र स्थानीय तह (गाउँपालिका र नगरपालिका)ले कोभिड आइसोलेसन वार्ड सञ्चालन गरेका थिए।

बाँकेमा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो

दोस्रो चरणमा कोरोना महामारीको संक्रमण तीव्ररुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले गत वैशाख ९ गतेबाट नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र र त्यसपछि बैशाख १३ गतेबाट जिल्लाभर निषेधाज्ञा लागु गरेको थियो।

बाँकेका स्वास्थ्यकर्मीको दिनहुँ प्रर्दशन, ऐन कार्यान्वयन गर्न माग

दाङ, तुलसीपुर–११ का कोरोना संक्रमित ५२ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि यही जेठ १३ गते राती मृतकका आफन्तले कोभिड आईसियु कक्ष तोडफोड गर्नुका साथै कुटपिट गरेको चिकित्सक र स्टाफ नर्सको आरोप छ।

बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृत्युदर

कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ। दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ।

भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलितः दोषीमाथि कडा कारबाहीको माग

बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। स्वास्थ्यकर्मी आन्दोलित हुँदा अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारको काम प्रभावित भएको छ।

धारिलो हतियार प्रहार गरी छोराको हत्या

कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८/१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमितलाई उपचारबाट बञ्चित नगर्न बाँके कांग्रेसको आग्रह

नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले यस्तो आग्रह गरेको हो ।

बाँकेमा निषेधाज्ञाको समय बढाइयो

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गर्दै आगामी जेठ ३ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको हो।

बाँकेमा थप ८ जना संक्रमितको मृत्यु

बाँकेमा थप ८ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँके ३ जना, बर्दिया र दाङका २/२ जना र कैलालीका १ जना रहेका छन्।

१५ घण्टाभित्र बाँकेमा थप १२ जनाको मृत्यु

। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालमा ९ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र एक जना संक्रमितको बाटोमै मृत्यु भएको हो। संक्रमित अधिकांसको रातको समयमा मृत्यु भएको छ।

कोरोना संक्रमणबाट बाँकेमा थप दुईको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्