१२ मंसिर २०८१ बुधबार
image/svg+xml

२० विमानस्थलमा इन्धन डिपो छैन

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट हवाई इन्धन रक्सौल–सिमरा हुँदै ढुवानी गरेर ट्यांकरबाट काठमाडौं ल्याउँछ । काठमाडौं–सिमरा रुटमा उडान भर्ने हवाई जहाजले चाहेर पनि सिमरा विमानस्थलमा हवाई इन्धन भर्न पाउँदैनन्।

सात महिनामा ४३ अर्बको इन्धन आयात

चालु आर्थिक वर्ष २०७४÷७५ को ७ महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ। साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट ६ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र १ लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ।

इन्धनमा स्वचालित मूल्य प्रणाली कार्यान्वयन

नेपाल आयल निगमले व्यावसायिक योजना अनुसार पूर्ण रुपमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट १५–१५ दिनमा आउने मूल्य सूची अनुसार मूल्य समायोजन गर्न लागेको हो ।

इन्धनबाट पौने १६ अर्ब राजस्व

इन्धन कारोबारबाट नेपाल आयल निगमले सरकारलाई पौने १६ अर्ब रुपैयाँ राजस्व तिरेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन आयात गरेर बिक्री गर्दा निगमले आर्थिक वर्षको पहिलो पाँच महिनामा सो रकम बराबर राजस्व बुझाएको हो ।

इन्धनमा निगमलाई मासिक ४२ करोड घाटा

नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाए पनि मासिक ४२ करोड रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि निगमले गत साता पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासको मूल्य बढाएको थियो ।

इन्धन खपत ह्वात्तै बढ्यो : पाँच वर्षमा शतप्रतिशत वृद्धि

सवारी साधनको चाप बढेपछि नेपालमा इन्धन खपत ह्वात्तै बढेको छ । पछिल्ला पाँच वर्षमा इन्धन खपत एक सय प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ।

इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

अफगानिस्तानको चारिकार नगरमा इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको छ।  प्राप्त पछिल्लो समाचारअनुसार सो तेल ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको थियो। बम आक्रमणपछि सो ट्यांकर विस्फोट भएको र त्यसका कारण भएको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए।

खड्काका बदमासी छताछुल्ल हुँदै, करोडौं असुलेर ट्यांकरलाई अनुमति

नेपाल आयल निमगका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलेखल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ ।

उत्तर कोरियालाई  चीनले इन्धन निर्यातमा कटौती गर्ने

उत्तर कोरियालाई इन्धन निर्यात गर्दै आइरहेको चीनले निर्यातमा कटौती गर्ने भएको छ ।  चीन सरकारले अक्टोबर महिनाको सुरूवात देखि नै उत्तर कोरिया निर्यात गर्दै आइरहेको पेट्रोलियम पदार्थको निर्यातमा कटौती गरिने बताउँदै आएको थियो।

आयल निगमका खड्काको अर्को बदमासी, हवाई इन्धनमा तीन करोड लुट

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो ।

गुणस्तरहीन हवाई इन्धन बेचेको आरोप

नेपालमा उडान गर्दै आएका फ्लाई दुबई,  एयर अरेबिया, इतिहाद एयरवेज र कतार एयरवेजले नेपाल आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन् ।

आधा भन्दा बढी राजश्व सवारी र इन्धनबाट

वीरगन्ज भन्सार नाका भएर आयात हुने हजारौं मालबस्तुबाट एक बर्षमा असुल भएको कुल राजश्वको आधाभन्दा बढी सवारी साधन र इन्धनबाट उठेको छ। सवारी साधन र इन्धनबाट आर्थिक बर्ष २०७३/०७४ मा ५७ अर्ब ७७ करोड ३१ लाख ५४ हजार रुपैयाँ वीरगन्ज भन्सार कार्यालयलाई राजश्व प्राप्त भएको छ। यो भनेको कुल राजश्व असुलीको ५३.४४ प्रतिशत हो।

उडिरहेको व्रिटिश एयरवेज जहाजभित्र इन्धन गन्हाएपछि...

अमेरिकाको सिकागोबाट उडेको व्रिटिश एयरवेजको एउटा जहाज केही समयपछि पुनः सिकागो विमानस्थलमै फर्किएको छ। इन्धनको गन्ध विमानभित्र फैलिएपछि चालकले विमानलाई फर्काएर सिकागो ल्याएका हुन्।

इन्धन भण्डारण क्षमता बढाउन ५७ अर्ब माग

नेपाल आयल निगमले तीन महिनासम्म मुलुकको माग धान्ने इन्धन अटाउने भण्डार बनाउन सरकारसँग ५७ अर्ब रुपैयाँ माग गरेको छ। तीन महिनालाई धान्ने गरी इन्धन भण्डारण गर्ने व्यवस्था मिलाउन सरकारले दिएको निर्देशन कार्यान्वयन गर्ने कदमस्वरुप निगमले सरकारसामु यस्तो प्रस्ताव पेस गरेको हो।

इन्धन भण्डारण गर्न १ सय १७ अर्बको योजना

इन्धन आयातमा सामान्य अवरोध हुनासाथ बजारमा अभाव झेल्नुपर्ने समस्या निराकरण गर्न नेपाल आयल निगमले महŒवाकांक्षी योजना तयार गरेको छ । १ सय १७ अर्ब रुपैयाँ खर्चिएर पूर्वाधारसहित इन्धन भण्डारण गर्ने योजना निगमले ४७औं वार्षिकोत्सवको अवसरमा मंगलबार सार्वजनिक गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्