१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

इन्धन मूल्यवृद्धि रोक्न निर्देशन

नेपाल आयल निगमले उपभोक्ताको ठाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै व्यवस्थापिका संसदको एक उपसमितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्थगन गर्न निर्देशन दिएको छ।

इन्धन अवरोधमा क्षतिपूर्ति दिन भारतद्वारा अस्वीकार

भारतले फेरिनेपालमा इन्धन आपूर्ति अबरोध गरे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेको छ।इन्डियन आयल कर्पोरेसन(आइओसी)ले आगामी दिनमा पेट्रोलियम पदार्थ नियमित रुपमा नदिए व्यावसायिक मान्यता अनुसार क्षतिपूर्ति दिनुपर्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरेको हो।

इन्धन सम्झौता नवीकरणमा छलफल

नेपालसँगको इन्धन खरिद र आयातसम्बन्धी सम्झौता पुनरावलोकनको विषयमा छलफल गर्न इन्डियन आयल कर्पोरेसन(आइओसी)को टोली नेपाल आएको छ। टोलीले बुधबार नेपाल आयल निगमका अधिकारीसँग इन्धन आपूर्ति, पाइपलाइन निर्माण लगायतविषयमा छलफल भएको छ।

हवार्इ इन्धनकाे भाउ घट्यो, डिजेल–पेट्रोल यथावत्

नेपाल आयल निगमले आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य घटाएकाे छ। भारतीय अायल निगमले पठाएकाे मूल्यका अाधारमा हवार्इ इन्धनको मूल्य समायाेजन गरी प्रतिलिटर ९४ रुपैयाँबाट ८६ रुपैयाँ मूल्य तोकेको निगमले जनाएकाे छ।

इन्धनको अभावका कारण विमान दुर्घटना

गत मङ्गलबार कोलम्बियाको पहाडी इलाकामा ठोक्किँएर भएको विमान दुर्घटना इन्धन अभावको कारण भएको पत्ता लागेको छ ।

खेलाडी चढेको जहाज दुर्घटनाको कारण इन्धन अभाव

गत मङ्गलबार कोलम्बियाको पहाडी इलाकामा ठोक्किँएर भएको विमान दुर्घटना इन्धन अभावको कारण भएको पत्ता लागेको छ । ‘ककपिट भ्वाइस रिकर्डर’ मा रिकर्ड भएअनुसार सो दुर्घटना तेल अभावको कारण भएको तथ्य फेला परेको कोलम्बियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ ।

इन्धन ढुवानी सुरक्षा निकायलाई दिने तयारी

सरकारले इन्धन ढुवानीमा सुरक्षा निकायलाई ल्याउने तयारी गरेको छ । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा व्यवसायीसहित सुरक्षा निकायका लोककल्याणकारी संस्थालाई दिन लागेको हो ।

चीनबाट इन्धन ल्याउन नयाँ गृहकार्य

सरकारले चीनबाट इन्धन ल्याउननयाँ गृहकार्य सुरु गरेको छ। सरकारी स्वामित्वकै नेसनल ट्रेडिङ लिमिटेडलाई नेपाल आयल निगमको भगिनी संस्था बनाएर त्यसैमार्फत इन्धन आपूर्ति गर्ने तयारी थालेको आपूर्ति मन्त्रालयले जनाएको छ।

हवाई इन्धनको भाउ घट्यो

चाडबाडमा सहुलियत दिन नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएको छ । शुक्रबार आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिहजार लिटर ५० डलर मूल्य घटाएको निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।

आन्तरिक हवाइ इन्धन मूल्य प्रतिलिटर ५ रूपैयाँ घट्यो

नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर ९९ रुपैयाँबाट ५ रुपैयाँ घटाई ९४ रुपैयाँ मूल्य कायम गरेको निगम प्रवक्ता भानुभक्त ढकालले बताए।

अफगानिस्तानमा इन्धन ट्याङ्कर दुर्घटना हुँदा पैँतीसको मृत्यु

अफगानिस्तानको दक्षिणी भागमा पर्ने जाबुल प्रान्तमा आइतबार बिहान एक यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर आपसमा ठक्कर खाँदा कम्तीमा ३५ व्यक्तिको मृत्युभएको अधिकारीहरूले बताएका छन् ।

चीनबाट इन्धन ल्याउने प्रस्ताव परराष्ट्रमा

चीनबाट पेट्रोल ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालय पुगेको छ। आपूर्तिमन्त्री गणेशमान पुनका अनुसार आपूर्ति मन्त्रालयले कार्यदल गठन गरी चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्नेसम्बन्धी प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको छ।

चीनसँग इन्धन ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालयमा

काठमाडौँ- आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ।

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं— नेपाल आयल निगमले हवाई इन्धन(एटिएफ)को मूल्य घटाएको छ। अन्तरार्ष्ट्रिय बजारमा एटिएफको मूल्य घटेपछि नेपाल आयल निगमले आन्तरिक र अन्तराष्ट्रिय उडानतर्फको मूल्य घटाएको हो। आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तराष्ट्रितर्फको प्रति किलोलिटर एक सय डलर घटाउने निर्णय गरेको निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए।

अनुदानको इन्धन ढुवानी भाडामा विवाद

चीनबाट अनुदानको इन्धन आयात गर्दाको ढुवानी विषयमा आयल निगमसँग समझदारी कायम नहुँदा ट्यांकर व्यवसायीले रकम भुक्तानी पाएका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्