२ असार २०८१ आइतबार
image/svg+xml

राप्रपाको जस्तो पुरानो होइन, मध्यमार्गी बाटो खोजौं : कमल थापा

देश टुक्रयाउनुपर्छ भन्नेलाई सरकारले कारबाही गर्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आरोप लगाएका छन्। राष्ट्र विखण्डनकारी सक्रिय भएको र अर्कातिर मुलुकमा राजनीतिक संकट निम्तिएको उनले बताए।

बूढीगण्डकी आफैं बनाऊ  : राप्रपा

मुलुकको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बूढीगण्डकी कसले बनाउने भन्ने विषय लामो समयदेखि विवादित छ। प्रमुख राजनीतिक दलहरु स्वदेशी पुँजीमा निर्माण गर्ने वा चिनियाँ कम्पनीलाई दिने भन्ने दुई धारमा विभाजित रहेका बेला राप्रपा नेपालले स्वदेशी लगानीमा बनाउन सरकारसँग माग गरेको छ।

राप्रपाद्वारा प्रधानमन्त्रीसमक्ष २२ सूत्रीय माग राख्दै ज्ञापनपत्र पेस

राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ सूत्रीय मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

धर्मनिरपेक्षता खारेजीको माग गर्दै राप्रपाद्वारा आन्दोलन सुरु

विभिन्न २२ सूत्रीय माग राख्दै सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको राप्रपाले आज फागुन ७ गते प्रजातन्त्रको अवसर पारेर आन्दोलन सुरु गरेको छ। माइतीघरमा आज उसले पर्चा पम्पलेटसहित प्रदर्शन गरेको छ।

प्रजातन्त्रसहितको राजसंस्था माग्दै राप्रपाद्वारा आन्दोलन घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न माग राख्दै सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले सरकारविरुद्ध अन्दोलनको घोषणा गरेको हो। राप्रपाले हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि भन्दै फागुन ७ गते प्रजातान्त्र दिवसको अवसर पारेर आन्दोलन गर्ने घोषणा गरेको छ।

हिन्दू राष्ट्र, भ्रष्टाचार अन्त्य र रोजगारीका लागि राप्रपाको मेची–महाकाली यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले जनाएको छ।

सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन्। वितेको एक वर्षमा सरकार र कांग्रेसले अवसरको सदुपयोग गर्न नसकेको उनको भनाई छ।

सांसदको अनशन बस्ने चेतावनी

राष्ट्रिय प्रजातन्त्रका पार्टीका सांसद राजेन्द्र लिङ्देनले झापाको आफ्नो निर्वाचन क्षेत्रमा सरकारले नयाँ बजेट नपठाएको र अगाडिबाटै सञ्चालनमा रहेका बहुवर्षीय योजना पनि रोक्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

राप्रपाद्वारा संघर्षका कार्यक्रम घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले हिन्दुराष्ट्र पूर्नस्थापना लगायतका मागहरु राखी फागुन ७ गतेबाट जनसंघर्ष गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।

पार्टी एकता घोषणा कार्यक्रममा राणाले भने, ‘सरकार भ्रष्टाचार र धर्म प्रचारमा लाग्यो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकीकरण भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमबीच पार्टी एकीकरणको घोषणा गरिएको हो। नयाँ पार्टीको नाम राप्रपा संयुक्त राखिएको छ।

देशमा ठूलो संकटको खतराः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले देशमा ठूलो अस्थिरता, अराजकता र बिखण्डनको खतरा रहेको बताएका छन्। गृहनगर हेटौंडामा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले ठुला दल र नेताहरुले गलतलाई सच्याउने आँट नभएकाले देशमा संकट आउने चेतावनी दिएका छन।

पृथ्वी जयन्तीमा राप्रपाको चियापान

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा चियापान गरेको छ। राष्ट्रिय सभागृहमा आयोजना भएको चियापानमा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खना, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सभागि भएका थिए।

सरकारले वाइड बडीमा भएकाे भ्रष्टाचारलाई ढाकछाेप गर्न खाेज्याे : राप्रपा (प्रजातान्त्रिक)

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले वाइड बडी जहाज प्रकरणमा भएको भ्रष्टाचारलाई सरकारले ढाकछोप गर्न खोजेको आरोप लगाएको छ।

पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ। बुधवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको विस्तारित बैठकले पुस २७ गते राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसंग माग गरेको हो।

प्रजातान्त्रिक शक्तिबीच एकजुटका लागि राप्रपाको आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले दुईतिहाइको कम्युनिस्ट सरकारले कुनै उपलब्धि हासिल गर्न नसकेको आरोप लगाउँदै प्रजातान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरेका छन्। नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प नभएको दाबी गर्दै अध्यक्ष राणाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दु राज्यको बहस हुनु सकारात्मक भएको टिप्पणी पनि गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्