११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

पार्टी एकता घोषणा कार्यक्रममा राणाले भने, ‘सरकार भ्रष्टाचार र धर्म प्रचारमा लाग्यो’

फाइल फाेटाे

काठमाण्डौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकीकरण भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमबीच पार्टी एकीकरणको घोषणा गरिएको हो। नयाँ पार्टीको नाम राप्रपा संयुक्त राखिएको छ।

कार्यक्रममा बोल्दै नवगठित पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले सरकारका कारण भ्रष्टाचार गाउँ गाउँमा पुगेको र सरकारले इसाई धर्म प्रचारमा सम्पूर्ण शक्ति लगाएको आरोप लगाए। उनले भने, ‘हाम्रो एक मात्र माग हिन्दु राष्ट्र हो। हिजो हिन्दु राष्ट्रको पहिचान मेटेर नेताहरूले अपराध गरेका छन्। यसको सजायँ उनीहरूले पाउनुपर्छ।’

एकतापछि बनेको पाटी राप्रपा संयुक्तले संवैधानिक राजतन्त्र र हिन्दु धर्मलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको छ। त्यस्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि अब हिन्दू राष्ट्र पुर्नस्थापना लागि आन्दोलन गर्ने बताए। कमल थापाको राप्रपा भने एकीकरणमा सामेल भएको छैन्।

संविधान निर्माणताका गणतन्त्रको पक्षमा उभिएका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणा लोहनीसँगको एकताका लागि राजतन्त्रकै पक्षमा फर्किएका हुन्। लोहनी २०७३ फागुनमा कमल थापा नेतृत्वको राप्रपाबाट बाहिरिएका थिए। राणाले भने २०७४ को साउनमा थापा नेतृत्वकै राप्रपा विभाजन गरी राप्रपा (प्रजातान्त्रिक) गठन गरेका थिए।

प्रकाशित: १८ माघ २०७५ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App