टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो
टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।
टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।
टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएका छन्।
उत्तर सिरियाको इडलिब प्रान्तमा गरिएकाे रुसी हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ।
टर्कीको पूर्वी प्रान्त बिन्गोलमा आइतबार गएको ५।७ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु भएको छ।
कोरोनाभाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ।
टर्कीमा भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ। टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुका अनुसार मृत्यु भएकामध्ये तीन बालबालिका रहेका छन्।
लिवियाली सैनिक नेता खालिफा हफ्तर अझै द्वन्द्वमा नफर्किने विश्वास टर्कीले बुधबार व्यक्त गरेको छ। रूस र टर्कीको पहलमा फ्रान्समा भएको लिवियाली स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर नगरी सैनिक नेता खालिफा हफ्तर बाहिरिएका थिए।
टर्कीका पूर्व प्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गरेका छन्।
चन्दननाथ नगरपालिका ४ का नारायण चौलागाई टर्की पालनले स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उदाहरणको रुपमा परिचित भएका छन्। उनी टर्की पालनले जीविकोपार्जनमा ठूलो सहयोग मिलेको बताउँछन्। यहाँको जनशक्ति बेरोजगारीका कारण विदेशमा लर्को लाग्छन्।
टर्कीले कुर्द लडाकुलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो।
रूस र टर्कीले सिरियामा पछिल्ला केही हप्ता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन्।
उत्तरी सिरियामा कुर्दिस लडाकुविरुद्ध सैन्य कारवाही गर्न रुस र टर्कीबीच सम्झौता भएको छ। अहिले उत्तरी सिरियामा टर्कीले युद्धविराम गरेको छ।
टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाख भन्दा बढी मानिसहरुलाई विस्थापित भएका मानव अधिकारबादी संस्थाले बिहीबार जानकारी दिएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गरेका छन्।
टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि सो क्षेत्रमा रहेका शिविरहरुमा लामो समयदेखि बस्दै आएका इस्लामिक स्टेट (आइएस)का सयौं आफन्तजन शिविरबाट भागेका छन्।