२० आश्विन २०८१ आइतबार
image/svg+xml

इरानसँग तेल र ग्यासको कारोबारलाई जारी राखिने : टर्की

अङ्कराले इरानबाट आयात गरिरहेको पेट्रोलियम पदार्थ तथा ग्यासको कारोबारलाई निरन्तरता दिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन्।

अमेरिका र टर्की सुरक्षित क्षेत्र सम्झौता सिरियाद्वारा अस्वीकार

अमेरिका र टर्कीले उत्तरी सिरियामा सुरक्षित क्षेत्र स्थापना गर्ने सम्झौतालाई सिरियाली सरकारले अस्वीकार गरेको सिरियाको विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

नेपाल र टर्की राजनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न

नेपाल र टर्कीकाबीच पहिलो राजनतिक परामर्श संयन्त्रको बैठक बिहीबार काठमाडौमा सम्पन्न भएको छ।

‘सत्तारुढ पार्टीका शासक खराब हरुवा’

दैनिक पत्रकार सम्मेलन र आफ्नो ट्विटर बायोग्राफीमा इस्तानबुलका लागि विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सिएचपी)का तर्फबाट उम्मेदवार रहेका इक्रेम इमामोग्लुले बताएका छन्।

जित घोषणा गर्न विपक्षीको माग

इस्तानबुलका लागि टर्कीका प्रमुख विपक्षी उम्मेदवारले देशको उच्च निर्वाचन बोर्डसमक्ष बुधबार आफ्नो जितको घोषणा गर्न माग गरेका छन्।

पारा तेक्वान्दोमा नेपाललाई कांस्य

पारा खेलाडी विक्रम श्रेष्ठले टर्कीको एन्टाल्यामा आयोजना भएको आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा बुधबार कांस्य पदक जितेका छन्।

तेह्र सयलाई टर्की पठाएर ३० करोड ठगी

फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ।

टर्कीको अर्थतन्त्र तहसनहस बनाइदिने ट्रम्पको चेतावनी

अमेरिकासँग सम्बन्ध रहेको सिरियाली क्रुर्दिस लडाकुमाथि आक्रमण गरे टर्कीको अर्थतन्त्र तहसनहस बनाइदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पको चेतावनीपछि उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) आबद्ध अमेरिका र टर्कीबीचमा पुनः तनाव उत्पन्न हुनसक्ने अनुमान गरिएको छ।

टर्कीमा रेल दुर्घटना, ९ जनाकाे मृत्यु

टर्कीमा एक उच्च गतिको रेल दुर्घटनामा परेको छ। दुर्घटनामा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन्।

‘साउदीको उच्च तहबाटै खशोग्गीको हत्या’

साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या साउदी अरबकै उच्च तहको संलग्नतामा भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आरोप लगाएका छन्। टर्कीस्थित साउदी वाणिज्य दूतावासमा गएका बेला साउदी अरबको उच्च नेतृत्वकै निर्देशनमा खशोग्गीको हत्या भएको उनको दावी छ।

सिरिया शिखर सम्मेलन इस्तानबुलमा शुरू

सिरियाको राजनीतिक सङ्कटबारे छलफल गर्न रूस, जर्मनी, फ्रान्स र टर्की सहभागी भएको शिखर सम्मेलन शनिबार इस्तानबुलमा शुरु भएको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एदोर्गानले सम्मेलनको उद्घाटन गर्दै सम्मेलनले सिरियाको सात बर्ष लामो राजनीतिक सङ्कटलाई समाधान गर्न विकल्प निकाल्ने विश्वास गरे।

खशोग्जीको हत्या सुनियोजित, हामीसँग बलियो प्रमाण छ : टर्की

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्जीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गगरेका छन्।

साउदी दूतावासभित्रै पत्रकार खशोग्गीको मृत्यु भएको पुष्टि, दुई अधिकारी बर्खास्त

साउदी अरबले पत्रकार जमाल खशोग्गीको मृत्यु टर्कीस्थित आफ्नो दूतावासभित्र भएको पुष्टि गरेको छ। घटनाको पुष्टि भएसँगै उच्च गुप्तचर अधिकारी अहमद अल असिरी र राजपरिवारका वरिष्ठ सल्लाहकार साउद अल कतानीलाई बर्खास्त गरिएको छ। १८ जनालाई गिरफ्तार गरिएको छ।

दसैँमा टर्कीको स्वाद

तातोपानी गाउँपालिका ४ का मुनबहादुर खत्रीले यो दसैँमा टर्कीको स्वाद लिए। सधै जसो दसैँमा यहाँको खसीवोका किन्दै आएका उनले यो पटक टर्की किने। यसको मासु सेतो हुने र स्वास्थ्यका लागि फाइदाजनक हुने भएकोले टर्की रोजाईमा परेको उनले बताए। उनले भने, “दसैँमा बिकल्पका रुपमा टर्की आईसकेको हुनाले परिवारको सल्लाह बमोजिम टर्की किनेर लगेको हुँ।”

अमेरिकी दूतावासमा गोली प्रहार

टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ। घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन्। टर्कीका एक जना सरकारी अधिकारीका अनुसार दूतावासमा छ ओटा गोली प्रहार भएको थियो। गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्