२२ असार २०८१ शनिबार
image/svg+xml

रूस भारतको स्वतन्त्रतापछिको सबैभन्दा भरपर्दो साझेदार: सर्वेक्षण

उत्तरदाताहरूले रूसलाई स्वतन्त्रतापछिको भारतको सबैभन्दा भरपर्दो साझेदार (४३ प्रतिशत) को रूपमा उल्लेख गरेका छन्। हर्ष भी पन्त, प्रेमेश साह र अन्यद्वारा लिखित ‘ओआरएफ फरेन पोलिसी सर्भे २०२२ः इन्डिया एट ७५ एन्ड द वल्र्ड’ले संयुक्त राज्य अमेरिकालाई २७ प्रतिशतले पछ्याएको छ।

रुसी सैन्य स्थलमा आतङ्कवादी हमला: एघारको मृत्यु, पन्ध्र घाइते

मन्त्रालयले एक विज्ञप्तिमा उक्त गोलीबारी युक्रेनसँग सीमा जोडिएको दक्षिणपश्चिमी रुसको बेल्गोरोड क्षेत्रमा भएको जनाएको छ। अज्ञात भूतपूर्व सोभियत राष्ट्रका दुई स्वयंसेवकहरूले लक्ष्य अभ्यासको क्रममा अन्य सैनिकहरूलाई गोली हाने र जवाफी गोली प्रहारमा मारिए जनाइएको छ।

इरानले रुसलाई हतियार नपठाएको दाबी

इरानले रुसलाई हतियार नपठाएको स्पष्ट गरेको छ। इरानका विदेशमन्त्रीले सो कुरा बताएका हुन्।

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सीमापारी दशैँको रौनक, वारी सुनसान

किनमेलका लागि उपभोक्ताहरु भारतीय बजारमा जाने गरेकोले उनीहरु निराश बनेका छन्। तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले भारतीय बजार तर्फ आम उपभोक्ताहरु आकर्षित भए पछि दशैँका बेलामा समेत तौलिहवाका व्यापारी निराश रहेको बताए।

साँघुरो जित निकाल्दै डर्टमण्ड शीर्षस्थानमा

शनिबार राति सम्पन्न खेलमा डर्टमण्डले साल्केलाई १-० गोल अन्तरले हराएको हो।डर्टमण्डको जितमा युसुफा मोकोकोले खेलको ७९ औं मिनेटमा गरेको गोल नै निर्णायक बने।

रुसी सेनाको कारबाहीमा सिरियामा एक सय बीस विद्रोही मारिए

रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन्।

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्‍याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे। आज सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ।

ग्यासको प्रयोगमा १५ प्रतिशत कटौती गर्ने ईयूको योजना कार्यान्वयनमा

रुसबाट सिधै ल्याइने ग्यासमा निर्भर रहेको हंगेरीले यसको अपवादको माग गरेको थियो। ईयूको आर्थिक महाशक्ति जर्मनीले गत वर्ष रूसबाट आयात हुने ४० प्रतिशत ग्यास आयातमा ठूलो हिस्सा ओगटेको थियो। यदि युरोपेली आयोगले ‘ग्यास आपूर्तिमा गम्भीर कमी’ वा असाधारण रूपमा उच्च ग्यासको माग देखापरेको छ भने, यसले ईयू सदस्य राष्ट्रहरूलाई ग्याँस कटौतीका लागि बाध्यकारी बनाउँदछ र अपवादहरू सीमित गर्दछ।

रुस–युक्रेन युद्धले खाद्य संकट

विगतका वर्षहरूमा युक्रेन एक्लैले विश्वका झण्डै ४० करोड मानिसलाई पुग्ने खाद्यान्न आपूर्ति गर्दै आइरहेको थियो। गहुँ र सूर्यमुखीको मुख्य उत्पादन हुने युक्रेनका दक्षिणपूर्व, मध्य, दक्षिण र पश्चिमी भागहरूमा हाल लडाइँ चर्किरहेको छ।

के अमेरिकाले नयाँ शितयुद्ध जित्न सक्ला ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रुससँग रहेको विद्यमान टकरावलाई प्रजातन्त्र र निरकुंशताबीचको खुला प्रतिस्पर्धाका रूपमा चित्रण गरेका छन्।

युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरुबाट सहयोग रकम प्राप्त गर्ने क्रममा पछिल्लो समयमा युक्रेनले विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड (१.७ बिलियन) अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्ने भएको छ।

टर्कीले संयुक्त राष्टसङ्घ, रुस र युक्रेनको संयुक्त बैठक आह्वान गर्ने

टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ। युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो। टर्कीले स्तानबुलमा बैठक आह्वान गरेको छ।

रुसले लिसिचान्स्कमा विपत्तिजनक विनाश मच्चाइरहेको छः युक्रेन

युक्रेनले रुसले डोनबास क्षेत्रको पूर्वी औद्योगिक सहर लिसिचान्स्कमा भारी गोलाबारी गरिरहेको बताएको छ।

दक्षिणी युक्रेनमा रूसी टेलिभिजन प्रसारण: रूसी सेना

युक्रेनको दक्षिणी क्षेत्र खेरसनमा रहेका टेलिभिजन टावरहरूलाई रुसी टेलिभिजन प्रसारण गर्न पुनः बन्दोबस्त गरिएको रुसी सेनाले मंगलबार उल्लेख गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्