१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूस भारतको स्वतन्त्रतापछिको सबैभन्दा भरपर्दो साझेदार: सर्वेक्षण

नयाँ दिल्लीस्थित ‘थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’ ले गरेको एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भए यता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार मानिएको छ।

भारतका १९ शहरमा गरिएको राष्ट्रिय सर्वेक्षणमा पाँच हजार सहरी युवाको नमूना समावेश गरिएको थियो। युवा भारतीयहरूले विभिन्न प्रश्नहरूको जवाफ दिँदै देशको विदेश नीतिलाई सकारात्मक रूपमा मूल्यांकन गरेका छन्।

उत्तरदाताहरूले रूसलाई स्वतन्त्रतापछिको भारतको सबैभन्दा भरपर्दो साझेदार (४३ प्रतिशत) को रूपमा उल्लेख गरेका छन्। हर्ष भी पन्त, प्रेमेश साह र अन्यद्वारा लिखित ‘ओआरएफ फरेन पोलिसी सर्भे २०२२ः इन्डिया एट ७५ एन्ड द वल्र्ड’ले संयुक्त राज्य अमेरिकालाई २७ प्रतिशतले पछ्याएको छ।

यसै वर्षको सुरुमा युक्रेन द्वन्द्व सुरु भएदेखि नै रूससँगको भारतको द्विपक्षीय सम्बन्ध प्रतिबन्धग्रस्त मस्कोबाट तेल आयातमा भएको वृद्धिका कारण भारत पश्चिमा मुलुकहरूको निगरानीमा आएको छ। युक्रेनमा आठ महिनाभन्दा बढी समयदेखि जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा महत्वपूर्ण प्रभाव पारेको छ र कच्चा तेलको मूल्यमा अचानक वृद्धि भएको छ।

प्रकाशित: १७ कार्तिक २०७९ ०५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App