११ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी सैन्य स्थलमा आतङ्कवादी हमला: एघारको मृत्यु, पन्ध्र घाइते

फाइल तस्बिर।

बेल्गोरोड क्षेत्रमा रुसी सैन्य स्थलमा शनिबार भएको आतङ्कवादी हमलामा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन्। युक्रेन नजिकैको रुसी सेनाको सैन्य स्थलमा दुई स्वयंसेवी सैनिकले अन्य सेनामाथि गोली हानेका रुसी रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले एक विज्ञप्तिमा उक्त गोलीबारी युक्रेनसँग सीमा जोडिएको दक्षिणपश्चिमी रुसको बेल्गोरोड क्षेत्रमा भएको जनाएको छ। अज्ञात भूतपूर्व सोभियत राष्ट्रका दुई स्वयंसेवकहरूले लक्ष्य अभ्यासको क्रममा अन्य सैनिकहरूलाई गोली हाने र जवाफी गोली प्रहारमा मारिए जनाइएको छ।

मन्त्रालयले यस घटनालाई आतङ्कवादी हमला भनेको छ। रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै तास समाचार समितिले पश्चिमी सैन्य जिल्लामा प्रशिक्षण सत्रको क्रममा शनिबार आक्रमण भएको हो। बन्दुकधारीहरू पूर्व सोभियत राज्यहरूका थिए। रुसी अधिकारीहरूले उक्त हमलालाई आतङ्कवादी कार्यको संज्ञा दिएका छन्।

प्रकाशित: ३० आश्विन २०७९ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App