७ आश्विन २०८१ सोमबार
image/svg+xml

आगलागीबाट २५ लाखको क्षति

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर उद्योगमा आगलागी भएको छ।

होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षति

सूर्याेदय नगरपालिका–५ को पर्यटकीय अन्तुडाँडा छेउमा रहेको होमस्टेमा आगलागी हुँदा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय मानवीर तामाङले सञ्चालन गरेको होमस्टेमा सोमबार विद्युत सर्ट भई आगलागी भएको हो।

आगलागीले गोठ र मकै नष्ट

उदयपुरमा आगलागीबाट एक स्थानीयको गोठ जलेर क्षति पुगेको छ। जिल्लाको त्रियुगा नगरपालिका ७, चुहाडेस्थित वीरबहादुर श्रेष्ठको गाई गोठमा सोमबार बिहान एक्कासी लागेको आगोले पुरै गोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ।

दिल्लीको अनाज मण्डीमा आगलागी, ४३ जनाकाे मृत्यु

भारतको राजधानी नयाँ दिल्लीको अनाज मण्डीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ। भारतीय समाचार संस्था एएनआइकाअनुसार आइतबार बिहानै भएको आगलागीमा ४३ जनाको मृत्यु भएको हाे।

घरसँगै जलेर वृद्धाको मृत्यु

जिल्लाको फाल्गुनन्द गाँउपालिका–४ मेमेङमा घरसँगै जलेर एक वृद्धाको मृत्यु भएको छ। एक्लै घरमा बस्ने ७० बर्षिय टकरानी थाम्सुहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालाय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए।

लियोनार्डोको आपत्ति

हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाएका छन्। ब्राजिलका राष्ट्रपति जैयर बोलसनोरोले अमेजन जंगल आगलागीमा वातावरण संरक्षणको विषयमा वकालत गर्दै आएका अभिनेता डिक्याप्रियोको हात रहेको आरोप लगाएका थिए।

जंगलमा आगलागी हुँदा गाउँले त्रासित

समयमै आगो नियन्त्रणमा आउनाले जंगल नजिकै रहेको काँडाताली गाउँले ठूलो संकट बेहोर्नु परेन।

'दमकलले पानी बोकिरह्यो, आगोले घर जलिरह्यो'

जुम्लाको चन्दननाथ नगरपालिका २ का विष्णु भण्डारीको घरमा आइतबार बिहान ११ बजे आगलागी भयो। आगो लागेको दस मिनेटमै नगरपालिकाको दमकल पुथ्यो। तर दमकल छिर्ने ठाउँ नै भएन्। दमकल रोकियो, घर जलिरह्यो। सुरक्षाकर्मीले खेतका आली र घरका पर्खाल फाडेर दमकल अटाउने बाटो बनाए।

जुम्लामा भीषण आगलागी

जुम्ला आगलागी भएकाे छ। चन्दननाथ नगरपालिका– २ स्थित गोविन्द्र भण्डारीको घरमा आइतबार १२ बजे घरमा भीषण आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ।

उदयपुरमा आगलागी हुँदा एक बालकको मृत्यु, दुई घर नष्ट

उदयपुरमा बिहीबार दिउँसो आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको छ भने दुई घर नष्ट भएका छन्। दिउँसो ४ बजेको समयमा त्रियुगा नगरपालिकाको बिकट वडा १६ नं. को चिलाउने रातापानीमा एकाघरका दुई दाजुभाइको घरमा आगलागी हुँदा ५ वर्षीय छोरा शिसिरको मृत्यु भएको स्थानीयले बताएका छन्।

आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु

पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ। गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन्।

पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते

पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्