७ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपालगञ्जमा शृङ्खलाबद्ध आगलागी

नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना भएका छन्। पाँच दिनभित्र भएका तीन आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ।

अमेरिकाको क्यालिफोर्नियामा भिषण आगलागी, सङ्कटकालको घोषणा

अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ।

आगलागी हुँदा एक करोड बीसलाखको क्षति

गएराति ११ बजे लक्ष्मी पूजाको समयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकमा रहेको सीताराम कार्कीको घरको भुइँतलाको एक कपडा पसलमा मैनबत्तीबाट आगलागी हुँदा रु एक करोड २० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट एक करोड बढीको क्षति

नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट एक करोड रुपैयाँ बढीको क्षति भएको छ।

क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा

दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा आएको छ। साँझ ६ बजे देखि लागेको आगो करिब ३ घन्टापछि नियन्त्रणमा आएको हो। आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ।

आगलागीबाट करोडौंको क्षति

आगलागीबाट उद्योगमा रहेको करोडौँको धनमा जलेर नष्ट भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

आगलागीबाट ४० लाखको क्षति

नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको एउटा फर्निचर उद्योगमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा आगलागी

रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा रहेको सिभिलतर्फको स्टोरमा आगलागी भएको छ । आगलागीले त्यहाँ करिब १ करोड रुपयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

कारखाना आगलागीमा परी १९ व्यक्ति मारिए

चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन्।

नर्सिङ अस्पतालमा आगलागी, कम्तीमा दुई व्यक्तिको मृत्यु

दक्षिण कोरियामा रहेको एक अस्पतालमा भएको आगलागीमा परी दुई वृद्धको मृत्यु यहाँको समाचार समिति योन्हापले मङ्गलबार जानकारी दिएको छ।

अल्जेरियाको अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु

अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्