५ मंसिर २०८१ बुधबार
image/svg+xml

३९ जनाको शव भेटिएको घटनामा छानबिन गर्न आठ पक्राउ

बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। मारिएका सबै जना भियतनामी नागरिक भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो।

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने पक्राउ

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले भरतपुर महानगरपालिका–११ का ३३ वर्षीय अविरल पोखरेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलले जानकारी दिए। शाहीमाथि गएको असोज ११ गते भरतपुरको चौबिसकोठीमा आक्रमण भएको थियो।

हतियारसहित दुई जना पक्राउ

मोरङको कटहरी—१ बाट हतियारसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरी—२ का विक्कीकुमार भगत र मोरङ धनपालथान–७ कदमाहाका मुकेशकुमार मण्डल छन्।

शाहीमाथि आक्रमण गर्ने पक्राउ

भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन्।

लागुऔषधसहित दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित आज दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत चिसापानीका २६ वर्षीय नवीन खड्का र सोही नगरपालिका–११ सुर्खेत पिपिरा चोक बस्ने २४ वर्षीय रमेश थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

ब्राउनसुगरसहित तीन जना पक्राउ

प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दियाबाट पक्राउ गरेको छ। बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय  फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो।

पाँच राउण्ड गोलीसहित विप्लव कार्यकर्ता पक्राउ

सोलुखुम्बुको सोताङबाट विप्लव माओबादीका एक कार्यकर्तालाई गोलीलगायतका सामाग्रीसहित प्रहरीले पक्राउ गरेको छ।

धादिङमा अवैध लागुऔषध सहित दुई जना पक्राउ

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखुबाट प्रहरीले अबैध लागुऔषध गाँजासहित दुुई जनालाई पक्राउ गरेको छ। मलेखुबाट ताल्ती जाने कच्ची सडकमा खटिएको प्रहरी टोलीले ७ किलो ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो।

नगदसहित जुवाडे पक्राउ

इलाका प्रहरी कार्यालय माडीले रु एक लाख ७९ हजार ६५० सहित पाँच जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति माडी नगरपालिका वडा नं ६ मा जुवा खेलिरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

नेपाली सेनाका मेजरसहित जुवाखालबाट ८ जना पक्राउ

काठमाडौं प्रहरी परिसर, टेकुले शाहीसहित बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणालाई जुवाखालबाट पक्राउ गरेकाे हाे।

अपहरणको आरोपमा दुई भारतीय नागरिक पक्राउ

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्।

तेजाब प्रहार गरी फरार भारतीय नागरिक ७ वर्षपछि पक्राउ

अनुहारमा तेजाब प्रहार गरी फरार रहेका एक अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन्।

बीँडले हिर्काएर हत्या गरेको अभियोगमा एक पक्राउ

खोटाङमा गाउँकै आफन्तलाई कोदालोको बीँडले हिर्काएर हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्। कोदालोको बीँडले हिर्काएर अन्दाजी १९/२० वर्षका स्थानीय मिलन राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २४ वर्षीय पवन राई पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्