६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

धादिङमा अवैध लागुऔषध सहित दुई जना पक्राउ

क्याप्सन : लागुऔषध गाँजा सहित पक्राउ परेकाहरु।

धादिङ- धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखुबाट प्रहरीले अबैध लागुऔषध गाँजासहित दुुई जनालाई पक्राउ गरेको छ। मलेखुबाट ताल्ती जाने कच्ची सडकमा खटिएको प्रहरी टोलीले ७ किलो ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको हो।

लागुऔषध गाँजासहित स्याङजा जिल्ला भोर्ले स्थायी घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं १४ बाग्लुङ बसपार्क बस्ने २२ वर्षीय कृष्ण क्षेत्री र रुकुम जिल्लाको जेलबाङ घर भई कास्की जिल्लाको पोखरा महानगरपालिकाको तालचोक बस्ने २६ वर्षीया संगीता परियारलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी मलेखु र ईलाका प्रहरी कार्यालय गजुरीबाट गस्तिमा खटिएको प्रहरीले ग १० प ४४९४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा चालक कृष्ण र स्कुटरमा सवार संगीताको साथबाट ७ केजी ५ सय ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। ताल्ती तर्फबाट मलेखु आईरहेको उक्त स्कुटरमा चालक र यात्रुको बिचमा राखिएको २ वटा जेव्रा झोला खानतलासी गर्दा गाँजा भेटिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जना, स्कुटर, उनीहरुको साथमा रहेको मोवाईल र सिमकार्ड नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

 

प्रकाशित: १६ कार्तिक २०७६ ०८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App