coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेपाली सेनाका मेजरसहित जुवाखालबाट ८ जना पक्राउ

काठमाडाैं - नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीसहित जुवाखालबाट ८ जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुले शाहीसहित बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणालाई जुवाखालबाट पक्राउ गरेकाे हाे।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सन्तोष कुमार दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले टोखा १० बाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बयान दिएको स्राेतकाे भनाइ छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ५९ हजार ३०० रुपैयाँ समेत बरामद गरेको जनाएको छ । 
 

 

प्रकाशित: १५ कार्तिक २०७६ २२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App