९ मंसिर २०८१ आइतबार
image/svg+xml

एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व

आगामी अक्टोबर २३ देखी २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समितिले प्रतिनिधी छनोटको प्रकृया अघि बढाएका छन्। अगष्ट १५ सम्म प्रतिनिधी केन्द्रमा पठाई सक्नु पर्ने वैधानिक प्रावधान छ।

गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारीपत्रमा हस्ताक्षर

गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इकमर्स कम्पनी, सगुनबीच आपसी सहकार्य गर्ने बारे एक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ।

खोप ल्याउन जटिलता छः स्वास्थ्य मन्त्री तामाङ

गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भएपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताएका हुन्। यद्यपी बेलायत अमेरिका लगायतका मुलुकले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने उनले बताए।

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौं आइपुग्याे

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुरु गरेको 'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ।

कोभिड–१९ बाट विदेशमा थप ४ जनाको निधन

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ४ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।

कोरोनाबाट विदेशमा थप एक नेपालीको निधन

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण निधन भएको हो।

विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३६ पुग्यो

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा बस्ने यो साता एक जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघकाअनुसार यो साता बेलायतमा बस्ने १ जनाको संक्रमणबाट मृत्यु भएको हो। योसहित २१ विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ।

पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्ब रूपैयाँको कोष तयारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रूपैयाँको कोष स्थापना गरी सञ्‍चालनमा ल्याउने तयारी गरिएको छ। त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ।

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबार सुरु भएको छ। भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी छ।

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु, परराष्ट्रमन्त्री ज्ञवालीद्वारा उद्घाटन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ।

अक्टोबरमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन हुँदै, प्रधानमन्त्री ओलीले उद्धघाटन गर्ने

काठमाडाैंमा अागामी अक्टाेवरमा हुने अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको उद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले  गर्ने भएका छन्। गैरआवासीय नेपाली संघ र नेपाल सरकारले आगामी अक्टोबरमा संयुक्त रुपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको अक्टोबर १२ देखि १५ सम्म  ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा हुने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्