२३ आश्विन २०८१ बुधबार
image/svg+xml

निजगढ विमानस्थल चाँडै निर्माण हुन्छः अध्यक्ष नेपाल

नागरिक उड्डयन प्राधिकरणले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आज आयोजना गरेको कार्यक्रममा उनले निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीमा लैजाने योजना रहेको तर निजगढमै बनाउन आफूले पहल गरेको बताए।

नेकपा एकीकृत समाजवादी उदयपुरको महिला संघ अध्यक्षमा पशुपति चौधरी

माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) उदयपुरको अध्यक्षमा पशुपति चौधरी चयन भएकी छिन्।

आन्दोलनको तयारी गर्न माओवादी केन्द्रको निर्देशन: पेचिलो बन्दै एमसिसी अल्झन,नैतिक संकटमा दाहाल र नेपाल

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एमसिसी यथास्थितिमा अगाडि बढाउन तयार नभएपछि प्रधानमन्त्री देउवाले सबै विकल्पसहित आफ्नो रणनीति बनाउन थालेको स्रोतको दाबी छ।

प्रतिनिधिसभा बैठक फागनु ४ गते गर्न प्रचण्ड र नेपालको प्रस्ताव

समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

एमसिसी सार्ने पक्षमा अध्यक्ष नेपाल

सरकारलाई नेतृत्व गरेको नेपाली कांग्रेससँग सत्ता साझेदारी जोगाउन सचेत देखिएका अध्यक्ष नेपाल एमसिसीको बारेमा निकै सावधानीपूर्वक र पक्ष वा विपक्षमा नदेखिने गरी आफ्नो धारणा राखे।

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्बद्ध नवलपरासीका विभिन्न पदीय जिम्मेवारीमा रहेका व्यक्तिलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन्।

लोसपाद्वारा मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न माग

लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ।

नेकपा (एकीकृत समाजवादी) द्वारा निर्वाचन मिति घोषणाको स्वागत

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले पाँच दलीय गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ।

अहिलेको गठबन्धन अझै बलियो भएर जान्छः अध्यक्ष नेपाल

आज काठमाडौँको जडीबुटीमा समाजवादीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले गठबन्धन दलहरूबीच भएको छलफलमा गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको बताए।

एमसिसीले सत्ता गठबन्धनमा खटपटः धर्मसंकटमा दाहाल–नेपाल

सत्ता गठबन्धनको शनिबार साँझ बसेको बैठकपछि सत्ता गठबन्धन दलले एमसिसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलसहित चार दलका शीर्ष नेताको अलग्गै बैठक बालुवाटारमा बसेको थियो। त्यसक्रममा एमसिसीबारे तुरुन्तै निर्णय गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवाले नेताहरूलाई चाँडो निर्णय दिन आग्रह गरेका थिए।

स्थानीय तह निर्वाचनः ऐन संशोधनको गृहकार्यमा गठबन्धन, कांग्रेसमा मतभेद

स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषय गठबन्धनभित्र प्रवेश भएको छ र जुनजुन विकल्पका बारेमा छलफल भयो भनेर सञ्चारमाध्यमबाट बाहिर आएका छन्। ती कुनै पनि विषय संविधानसम्मत छैनन्। संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनै पनि कारण छैन। बोक्नुहुँदैन भन्ने कुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौं। गगन थापा महामन्त्री, कांग्रेस

नारायणहिटीको भाडा सम्झौता खारेज गर्न मन्त्री आलेलाई ज्ञापन

अध्यक्ष शाहीले सरकारी जग्गामा स्थायी संरचना निर्माण गर्न नमिल्ने भएपनि स्थायी संरचना निर्माण गरेर नारायणहिटीका महत्वपूर्ण तथा दूर्लभ सम्पदाहरुको विनाश गरिएको बताए।

गठबन्धनले निरन्तरता पाउनेछः अध्यक्ष नेपाल

सो कार्यक्रममा उनले नेकपा एमाले शङ्करापुर–२ का वडा सचिव सोमबहादुर (सुमन) लामा लगायतलाई पार्टी प्रवेश गराएका थिए।

एमालेमा ओलीको देवत्वकरण गर्नेबाहेक अरु रहदैनन्ः अध्यक्ष नेपाल

उनले एमालेमा नेता(कार्यकर्ताको कुनै मूल्य मान्यता नभएको र ओलीको मूर्तिलाई समेत देउताको अवतार ठान्ने मात्र टिक्ने अरु सबै विस्तारै पाखा लाग्ने जिकिर गरे।

नेकपा (एकीकृत समाजवादी) कम्युनिष्ट आन्दोलनको मूल आधारः अध्यक्ष नेपाल

नेता गङ्गालाल तुलाधरले मुलुकमा वैदेशिक शक्तिको बढदो हस्तक्षेपले अहिलेको अस्थिरता आएको अवस्थामा बामपन्थीको एकता आवश्यक रहेको विचार व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्