८ आश्विन २०८१ मंगलबार
image/svg+xml

चोर्दा चोर्दै एक युवक पक्राउ

सोलुखुम्बुमा एक युवा चोर्दै गर्दा पक्राउ परेका छन्। सल्लेरी स्थित सोलुखुम्बु म्याचिङ सेन्टरमा चोरीका लागि घर्रा तान्दै गर्दा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ मेराङदिङका अन्दाजी २० बर्षिय प्रकाश मगर पक्राउ परेका हुन्।

कस्तुरीको बिनासहित प्रहरी हवल्दार पक्राउ

प्रतिबन्धित कस्तुरीको बिनाको कारोबार गरेको आरोपमा पूर्वमन्त्री दिनानाथ शर्माका अंगरक्षक प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेका छन्।

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या, पत्नी पक्राउ

सर्लाहीको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

दश किलो चाँदीसहित एक पक्राउ

करिब तीन लाख ८५ हजार रुपैयाँको अबैध चाँदीसहित पर्साको बहुदरमाई गाउँपालिका ५ का १९ बर्षीय प्रकाश शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या, हत्या आशंकमा पत्नी पक्राउ

जिल्लाको उत्तर–पूर्वी चुरे क्षेत्र स्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

यस्तो छ 'माेस्ट वान्टेड' नसीमकाे १३ वर्षे अपराध यात्रा

नसीममाथि अदालतले एक सय १७ वर्ष जेल सजाय तोकेको प्रहरीले जनाएको छ। यस्तै डाँका चोरी मुद्दामा अदालतले २०७२ फागुन ४ गते एक लाख ९१ हजार आठ सय ५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजायसमेत तोकेको थियो।

बम राखेको अभियोगमा ५ जना पक्राउ

झापाको कन्काई नगरपालिका–४ स्थित कन्काई नदीको पुलमा प्रेसर कुकर बम राखेको अभियोगमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गाँजासहित भारतीय नागरिक पक्राउ

सिरहा प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका– १७, माड्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

आमाको हत्या आरोपमा छोरा पक्राउ

सुरुङ्गा नगरपालिका–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामी मगरको हत्या गरेको आरोपमा पक्राउ परेका उनकै छोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

केबल टिभीकाे सिग्नल बाइपास गरेकाे अभियाेगमा तीन पक्राउ

केबल टिभीको सिग्नल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ।

इगल हन्टर म्यानपावरका सञ्चालक पक्राउ

करोडौ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ। ४ करोडौ रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलाल कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त महाराजगञ्जद्वारा खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो।

एसएलआर र एलएमजीसहित विप्लव कार्यकर्ता पक्राउ

प्रहरीले संखुवासभाबाट १ नाल एसएलआर राइफल र एक नाल एलएमजी बरामद गरेको छ। प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाका अनुसार खोजतलासको क्रममा प्रहरीले मेवा खोला क्षेत्रबाट हतियार, १ सय १० राउन्ड गोली, म्यागजिन सहित एक कार्यकर्तालाई पक्राउ गरेको हो।

जुवाको खालबाट वडाध्यक्ष पक्राउ

इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले  जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्