७ आश्विन २०८१ सोमबार
image/svg+xml

अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न पक्राउ

अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न एकजना प्रहरीले पक्राउ गरेकाे छ। काठमाडौं महानगरपालिका-४ बालुवाटार, टुसाल शितलमार्गस्थित कोठामा बस्दै आएका चितवन भरतपुरका ३६ वर्षीय नसिव तामाङलाई बिहीबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

पत्नीलाई छुरा हान्ने पक्राउ

पत्नीलाई छुरा प्रहार गरी घाइते बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी जिल्लाको गौरीबास घर भइ हाल इलाम नगरपालिका–९, गोलबस्ती बस्ने २९ वर्षे दीपक कोइरालाले गत ४ गते दिउँसो ३ बजेतिर पत्नी सृजना जबेगूलाई घाइते बनाएका थिए।

सिटीइभिटीको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

वीरगन्ज १५, भेंडियाहीस्थित नेशनल मेडिकल कलेजस्थित परीक्षा केन्द्रमा चलिरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को परीक्षाबाट प्रहीले दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरको छ। उनीहरुले अरु ब्यक्तिको नाममा परीक्षा दिरहेको भेंटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मापसेपछि होहल्ला गर्दै हिड्ने ३ जना कारवाहीमा

मादक पदार्थ सेवन गरी रातको समयमा होहल्ला सहित मोटरसाइकलमा सवार ३ जनालाई ताप्लेजुङ प्रहरीले कारवाही सुरु गरेको जनाएको छ।

सिंहदवार घेराउ गर्ने भन्दै भेला भएका आरक्षण बचाउ आन्दोलनका १४ पक्राउ

आरक्षण बचाउ आन्दोलनबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबार घेराउ गर्ने भन्दै भद्रकालीमा भेला भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई भृकुटीमण्डप स्थित नगरप्रहरीमा राखिएको छ।

धुलिखेलबाट पाँच जुवाडे पक्राउ

प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ।

जग्गा ठगी प्रकरणः डेढ वर्षदेखि फरार दुई जना पक्राउ

आफन्तको नाममा जग्गा पास गर्न लगाईं पैसा नदिएर ठगी गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाईं पक्राउ गरेको  छ।

मन्त्री यादवले सिडिओ र एसपीलाई भनेः मलाई पक्राउ गर्न तयार रहनू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफूलाई पक्राउ गर्नका लागि तयार रहन सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (एसपी)लाई आग्रह गरेका छन्।

नेपाली सेनाका मेजर अजित सिंह पक्राउ

नेपाली सेनाका मेजर अजितप्रताप सिंह पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको सेनाले जनाएको छ। सेनाले उनलाई किन नियन्त्रणमा लिएको भन्नेबारे अनुसन्धान गर्न सैनिक प्रहरी टोली खटाएको छ।

विप्लवनिकट कवि थपलिया पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई समर्थन गर्ने लेखक तथा कवि खेम थपलिया पक्राउ परेका छन्।

वन्यजन्तु तस्करीको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो ।

सिंहदरबार बृतको हिरासतबाट दुई अभियुक्त फरार

चोरी अभियोगमा थुनामा रहेका दुई जना गएराराति सिंहदरवार वृत्तको हिरासतबाट फरार भएका छन्।

सिक्री लुट्ने गिरोह पक्राउ

काठमाडौंका विभिन्न स्थानमा महिलाहरुको सिक्री लुट्ने गिरोह पक्राउ परेको छ। विगत केही समययता काठमाडाैंका विभिन्न स्थानहरुमा मोटरसाइकलमा आएका व्यक्तिहरुले महिलाहरुको घाँटीबाटै सुनका सिक्री लुटी फरार हुने क्रम बढेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्