२२ वैशाख २०८१ शनिबार
image/svg+xml

बचतकर्ताको खातामा पहुँच पुर्‍याएर लाखौं रकमान्तर

बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्‍याएर एक व्यक्तिले लाखौं रकम आफ्नो खातामा रकमान्तर गरेका छन्।

कोरोना रोकथामका लागि गाउँपालिकामा बजेट रकमान्तर

खोटाङको साकेला गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि एउटा योजनाको २० प्रतिशत बजेट रकमान्तर गर्ने निर्णय गरेको छ।

कर्णाली प्रदेश सरकारद्वारा दुई अर्ब बढी रूपैयाँ कानूनविपरीत रकमान्तर

कर्णाली प्रदेश सरकारका तीन मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा कानूनविपरीत ठूलो रकम रकमान्तर गरेको पाइएको छ । सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले गरेको अध्ययनअनुसार ऐनविपरीत रु दुई अर्ब बढी रकमान्तर गरेको पाइएपछि समितिले मङ्गलबार सम्बन्धित मन्त्रीलाई बोलाएर स्पष्टीकरण लिएको छ ।

रकमान्तर छानबिन गर्न छुट्टाछुट्टै समिति

अघिल्लो आर्थिक वर्षको अन्त्यतिर कर्णाली प्रदेश सरकारले गरेको रकमान्तर विषयमा छानबिन गर्न संसद् र सरकार दुवैले छुट्टाछुट्टै समिति गठन गरेका छन्। रकमान्तरबारे छानबिन गर्न संसद्को सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको छ भने प्रदेश सरकारले जुम्लाका डा. भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

रकमान्तरको छानविन गर्न छुट्टाछुट्टै समिति

अघिल्लो आर्थिक वर्षको अन्त्यतिर कर्णाली प्रदेश सरकारले गरेको रकमान्तरको विषयमा छानविन गर्नका लागि संसद र सरकार दुबैले छुट्टाछुट्टै समिति गठन गरेका छन् । सार्वजनिक लेखा समितिले रकमान्तरको छानविन गर्न उपसमिति गठन गरेको छ भने प्रदेश सरकारले जुम्लाका डा. भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

शैक्षिक भ्रमणको बजेट रकमान्तर गरेर गाउँपालिकाको टोली भारत भ्रमणमा

उनले केही शिक्षकहरुले दवाव दिएका कारण शैक्षिक भ्रमणको दुरुपयोग गरिएको बताए। जनताले तिरेको करको चरम दुरुपयोग गरेर टोलीले शैक्षिक भ्रमणलाई आफ्नो मोजमस्तीमा प्रयोग गरेको स्थानीयको आरोप छ।

प्रदेश सरकारलाई खेलौना उपहार !

दुई करोड बढी रुपैयाँ रकमान्तर गरेर ५४ वटा गाडी गरिद गरेको विरोधमा साझा विवेकशील पार्टी कर्णाली प्रदेश कमिटीले कर्णाली प्रदेश सरकारलाई खेलौना कार उपहार प्रदान गरेको छ। साझा विवेकशील पार्टी कर्णाली प्रदेशका संयोजक गेहेन्द्रप्रसाद दहालले विकास बजेट खर्च गर्न नसक्नु प्रदेश सरकारको असफलता भएको भन्दै विरोध स्वरुप खेलौना कार उपहार दिइएको बताए। नागरिकले दुई करोडबढी रकमान्तर गरेर गाडी खरिद गरेको समाचार प्रकाशित गरेको थियो।

दुई अर्बभन्दा बढी रकमान्तर, ५४ गाडी खरिद

हालसम्म ७.३७ प्रतिशतमात्रै विकास बजेट खर्च गर्न सकेको प्रदेश सरकारले रकमान्तर गरेको बजेटमध्येबाट ५४ वटा सवारीसाधन खरिद गरेको छ।

विकास बजेटबाट सांसदलाई ल्यापटप

आर्थिक वर्षको अन्तिममा आइपुग्दा विकासका लागि छुट्याएको बजेट खर्च नभएपछि सांसदलाई ल्यापटप किन्न रकमान्तर गरिएको छ।

विकास बजेटले गाडी किन्दै संसद्

अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ। बजेट रकमान्तर भएपछि संसद् सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ।

चैतमा मात्रै १२ अर्ब रकमान्तर

अर्थ मन्त्रालयका अनुसार पुष्पलाल लोकमार्गअन्तरगतका पाँच आयोजनाका लागि दुई अर्ब चार करोड रुपैयाँ रकमान्तर गरिएको छ। नागढुंगा नौबिसे सुरुङ मार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्न एक अर्ब ८१ करोड रुपैयाँ निकासा दिइएको छ।

रकमान्तर गरेर मन्त्री र पिएलाई तलब

अर्थ मन्त्रालयले १२ मन्त्री र तिनका स्वकीय सचिवालयमा कार्यतरत स्वकीय सचिव तथा सचिवालयमा कार्यरत कर्मचारी(आफन्त) हरूलाई तलब दिन फागुनमा मात्र करिब ४ करोड रुपैयाँ निकासा गरेको छ। अर्थले मन्त्री र तिनका स्वकीय सचिवालयमा कार्यरत कर्मचारीरूका लागि ३ करोड ७२ लाख रुपैयाँ निकासा गरेको हो।

तीन महिनामै सवा ९ अर्ब बजेट रकमान्तर

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामै ९ अर्ब १९ करोड रुपैयाँ रकमान्तर गरेको छ । मन्त्रालयले बजेट बनाउँदा विविध शीर्षकमा राखेको रकमबाट विभिन्न शीर्षकमा जथाभावी रकमान्तर गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्