९ आश्विन २०८१ बुधबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

उदयपुरमा शुक्रबार ट्याक्टर दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । विहान १०ः०० बजे बेलका नगरपालिका ८ भिमफेदीबाट सेतिखोलातर्फ जाँदै गरेको को २ त ९१५२ नं. को ट्याक्टर सेतिखोला पुलछेउमा दुर्घटना हुँदा बेलका ८ का ३१ वर्षीय इन्द्रबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘क्षमताभन्दा धेरै यात्रु बोक्दा दुर्घटना’ (अपडेट)

बाँकेको राप्तीसोनारी गाउँपालिका ठुरिया जंगलमा भएको दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङका अनुसार ११ जनाको अस्पताल ल्याउने क्रममा र एक जनाको उपचार गर्ने क्रममा मृत्यु भएको हो।

बाँकेमा गाडी दुर्घटनाः मृतकको संख्या १२ पुग्यो, थप चारको अवस्था गम्भीर (अपडेट)

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको गाडी दुर्घटना थप एक जनाको मृत्यु भएको छ। यो सँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

बाँकेमा गाडी दुर्घटना: ११ जनाको मृत्यु, २२ घाइते

बाँकेको राप्तीसोनारी २ स्थित पूर्बपश्चिम राजमार्गको मुगुवा खोला नजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य २२ जना घाइते भएका छन । भारतबाट नेपाल प्रवेश गरेका ब्यक्तिलाई लिएर नेपालगन्जबाट सल्यान जादै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राती १२ बजेतिर ट्रकसंग ठोक्किएर दुर्घटनामा परेको हो ।

ट्रक दुर्घटनाका मृतकको शव आफन्तको जिम्मामा

ताप्लेजुङमा निर्माणाधिन सानिमा मध्य तमोर जलबिद्युत आयोजनाको निर्माण सामग्री लिएर आयोजना स्थलतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा पर्दा मृत्यु भएका चालकको शुक्रवार शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाईएको छ ।

ट्रकले कारलाई ठक्कर दिँदा बालकको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालीका वडा न ९ चौवन्नपुरमा ट्रकले कारलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४ ख २६७४ नं को ट्रकले बिपरीत दिशातर्फ जादै गरेको बा २ ज ५१९५ नं.को कारलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नयाँ ठिमी चोकमा भएको दुर्घटनामा परी सडकमा डिउटीमा रहेका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीको मृत्यु भएको छ।

ट्रक र मोटरसाइकल ठोक्किँदा ड्यूटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ।

ग्यास दुर्घटनाका बारेमा एलजीका अध्यक्षले माफी मागे

एलजी समूहका अध्यक्ष कू ग्वाङ–मोले भारतको विशाखापटनमस्थित एलजी केमिकल्समा दुई साताअघि भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

मस्को नजिक हेलिकप्टर दुर्घटनाग्रस्त: तीन जनाको मृत्यु

रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटना: एककाे मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म२प ५२७ नंको मोटरसाइकल दुर्घटना हुँदा बेदकोट नगरपालिका–३ का मोहन चौधरीको मृत्यु भएको छ ।

कार्टुन : २७ वर्ष भो बोलिराखेको

आजको नागरिक दैनिकमा दास ढुंगा दुर्घटनाबारेको कार्टुन प्रकाशित छ। उक्त कार्टुन रविन सायमिले बनाएका हुन्। दास ढुंगा दुर्घटनामा तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको निधन भएको थियो।

ट्याक्टरबाट खस्दा युवकको मृत्यु

भानु नगरपालिका–१ अधेरीखोलामा गुडिरहेको ट्याक्टरबाट खस्दा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ भन्सारका १८ बर्षिय नविन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्