९ आश्विन २०८१ बुधबार
image/svg+xml

दुर्घटनामा सहचालकको मृत्यु

सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ।

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० को मृत्यु

अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ।

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको घलातें चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु

शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिए।

सिद्धिचरण लोकमार्गमा स्कारपियो दुर्घटना, मृतक पाँचै जनाकाे सनाखत (अपडेट)

उदयपुरको सिद्धिचरण लोकमार्गमा आज विहान भएको स्कारपियो जीप दुर्घटनामा परी उदयपुरका १ सहित ५ जनाको मृत्यु भएको छ। भैरहवाबाट ओखलढुंगातर्फ गईरहेको बा २० च ७१७१ नम्बरको स्कारपियो जीप सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका १४ भदौरेमा आईतबार विहान अन्दाजी १ः०० बजे दुर्घटना हुँदा त्यसमा सवार ८ मध्ये ५ को घट्नास्थलमै मृत्यु भएको हो।

उदयपुरमा स्कारपियो दुर्घटना, पाँचको मृत्यु, तीन घाइते

उदयपुरमा गए राति स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

कन्टेनर दुर्घटनामा दुईको मृत्यु

सिरहाको मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गमा भएको कन्टेटर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

सिद्धिचरण लोकमार्गमा कन्टेनर दुर्घटना २ को मृत्यु, २ घाइते

सिराहाको र्मिचया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गमा बुधबार साँझ भएको कन्टेनर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। लोकमार्ग अन्तरगत कटारी नगरपालिका ८ सिरिसेको सानो दमारमा ना ५ ख ९४२४ नं. को कन्टेनर दुर्घटनामा परी सडकबाट करिव ५ सय मिटर तल खसेको छ।

मापदण्डविपरीतको सडकले ज्यान लिएको भन्दै शव उठाउन अवरोध

मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए। कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भइसकेको छ।

दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको मृत्यु

जाजरकोट सदरमुकाम खलंगादेखि जिल्लाको जुनीचाँदेस्थित काफ्लाचौर जाँदै गरेको गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ।

म्याग्दीमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

उनका अनुसार घाइत हुनेमा पर्वत जलजला गाउँपालिका–२ का प्रविण परियार रहेका छन्। ट्याक्टर दुर्घटनाको खवर लगत्तै प्रहरी परिचालन गरिएको छ। दुर्घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।

त्रिशुलीमा ट्रक खस्दा तीन घाइते

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको जोरआँपमा शुक्रबार राती भएको दुर्घटनामा राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्