३ आश्विन २०८१ बिहीबार
image/svg+xml

धरोहर धर्मनिरपेक्षता

राज्यको खास धर्म, जात, रङ, लिंग र वर्ण भए त्यहाँ समानता र न्याय नहुने मान्यताअनुसार नै नेपालजस्तो मुलुकमा धर्मनिरपेक्षताको महत्व रहेको धेरैको बुझाइ छ।

दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न त्रिपक्षीय सम्झौता भएको हो।

महासमितिपछि कस्तो कांग्रेस ?

भ्रष्टाचारीहरूले समाजलाई पारेका दूरगामी असर र अन्धकारबाट समाजलाई उज्यालोतिर लैजान कांग्रेसले भ्रष्टाचारीहरूलाई अब संरक्षण नगरोस्, समाजका उज्याला व्यक्तिहरूलाई काम गर्ने मौका दिइयोस् भन्ने अर्थमा पनि दियो जलाएको हुनुपर्छ भन्ने कतिपयले तर्क गरे।

‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै क्यान्सर अस्पताल

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ।

नेपाली कांग्रेसको महासमिति बैठक: कहाँ कहिले भयो बैठक?

कांग्रेस स्थापनाको झन्डै आठ दशकमा १० वटा मात्र महासमिति बैठक भएका छन्।

क्यान्सर भएका ५० प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

उनले भने, ‘नेपालमा बर्सेनि करिब एक हजार पाँच सयजना बालबालिकालाई क्यान्सर हुने गरेको अनुमान छ। यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँछन्। अस्पताल आउनेमध्ये बिपी कोइराला क्यान्सर अस्पतालमा चार सयको हाराहारीमा मात्र छन्।’

छ बुँदे सहमतिपछि बिपीका कर्मचारी काममा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको व्यवस्थापन पक्ष र आन्दोलनरत शिक्षक, कर्मचारीबीचको गतिरोध करिब एक महिनापछि अन्त्य भएको छ।

बिपीमा आन्तरिक बढुवाको बाटो खुल्यो

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षक, कर्मचारीहरूको आन्तरिम बढुवा प्रक्रिया कानुन बमोजिम भएकोले रोक्न नमिल्ने ठहर उच्च अदालत विराटनगरले गरेको छ।

बिपी प्रतिष्ठानका समस्याबारे एमालेको ध्यानाकर्षण

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विशेष ध्यानाकर्षण पत्र बुझाएको छ।

किन सम्झने सात साल?

२००७ साल असोज १० गते नेपाली कांग्रेसले भारतको बैरगनियामा सम्मेलन गर्‍यो। सम्मेलन विशेषगरी जहानिया राणा शासन अन्त्यमा केन्द्रित थियो। तत्कालीन राजा त्रिभुवनले भारतमा रहेका प्रजातन्त्रवादी युवाहरूसँग सम्बन्ध कायम राख्न आफ्ना विश्वास पात्र खरिदार दयारामभक्त माथेमालाई पठाएका थिए।

जसले कांग्रेसलाई जीवन दिए...!

आजकाे कांग्रेसलाई सत्ता र शक्तिको लाभमा पुर्‍याउन हिजोका सयौं नेता तथा कार्यकर्ताको संघर्ष, त्याग र बलिदानको विरासत छ।

बिपी–महेन्द्र सम्बन्ध

उसो भए अब के नयाँ पुस्ताले बिपीलाई चिन्न काँग्रेस इतिहासका अध्यायबाट होइन, राप्रपाको आँगनबाट गुञ्जेको आवाज सुन्नुपर्ने अवस्था आएको हो ?

मुखमा बिपीको समाजवाद बगलीमा ‘मनी' र ‘मसल’वाद

बिपी कोइरालाले भनेजस्तै काँग्रेस अहिले सुकिलामुकिला र चिल्ला गाडी हुनेहरूको कब्जामा पर्दा जनजीविकाका मुद्दाहरू ओझेलमा परेका छन् ।

राज्यबाट कानुनी डकैती: हदबन्दी बढीको जफत भएको सरकारी जग्गा निजी गराउने कुचाल

चिया बगान चलाउनेहरूले सयौँ बिघा जग्गा अहिलेको परिस्थितिमा घडेरीमा बिक्री हुने भएकाले बिक्री गर्न पाउन र सट्टा गर्न पाउन लबी चलाए। यो षडयन्त्रपूर्ण कार्यमा पनि भ्रष्टाचारीको मुख हेर्दिन भन्न नथाक्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीकै संलग्नता छ।

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त

भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्