१ माघ २०८२ बिहीबार
image/svg+xml

ठगी अभियोगमा पाँच जना पक्राउ

प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७० हजार रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।

जेनजी मुभमेन्टले भन्यो : सहकारी ठगका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक

जेनजी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य नाइके रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ।

राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संविधानको पूर्ण कार्यान्वयनका निम्ति राष्ट्रिय एकता अपरिहार्य भएको बताएका छन्।

संस्कृति संरक्षण गर्नु सबैको साझा दायित्व हो : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको लुम्बिनी प्रदेशमा विविधतामा निहित मौलिक संस्कृति र परम्पराहरू नै पहिचान र शक्ति भएको बताएका छन्।

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।

साफ फुटसल च्याम्पियनसिप: आज नेपाल र माल्दिभ्स खेल्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप अन्तर्गत आज महिलातर्फको खेलमा नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दै छन्।

प्रदर्शनमा आयाे चलचित्र ‘गोबर गणेश’

बल्छी धुर्वे (मरिचमान श्रेष्ठ) को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ।

सरकार निर्वाचनको वातावरण बनाउन असफल भयो : एमाले महासचिव पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकार निर्वाचनको वातावरण बनाउन असफल भएको आरोप लगाएका छन्।

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन्।

बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत

चालु आर्थिक वर्ष २०८२ ८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ।

‘परिवर्तन’ को ट्रेलरलाई ३ तीनमै ११ लाखभन्दा बढी भ्युज

‘परिवर्तन’ फिल्मको ट्रेलरलाई छोटो समयमा नै ११ लाखभन्दा बढी भ्युज मिलेको छ।

प्रधानमन्त्री कार्कीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्