२१ पुस २०८१ आइतबार
image/svg+xml

कर्मचारीमा कोरोना पुष्टि भएपछि श्रम स्वीकृति बन्द

वैदेशिक रोजगार कार्यालय ताहाचलले केही दिनका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ। कार्यालयका निर्देशक तथा सूचना अधिकारी टिकामणी नेउपानेका अनुसार एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि आजबाट कामकाज बन्द गरिएको हो।

प्रतिमहिना १० हजार अलेखबद्ध

अलेखबद्ध हुनु भनेको श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाउनु हो । अलेखबद्ध भइसकेपछि जरिवाना तिर्नुपर्छ । घर फर्कन जरिवाना तिर्न नसके जेल बस्नुपर्ने युएईको नियम छ । कोरोना महामारी सुरु भएपछि अलेखबद्ध हुने क्रम झनै बढेको छ ।

कोरोना महामारीले बन्द श्रम स्वीकृति पुनः सुचारु

कोरोना भाइरसको महामारीका कारण बन्द श्रम स्वीकृति पुनः सुचारु गरिएको छ। वैदेशिक रोजगार विभागले सोमबारदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्