२३ असार २०८१ आइतबार
image/svg+xml

पेस्तोलसहित एक जना पक्राउ

उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले उक्त पेस्तोल तथा ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० ग्राम गाँजा समेत फेला पारेको हो।

गोङ्गबुबाट पेस्तोलसहित तीन जना पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो।

पेस्तोलसहित चार पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोलसहित चार युवा आज पक्राउ परेका छन्। पक्राउपर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

लोडेड पेस्तोलसहित ठमेलबाट एक पक्राउ

काठमाडौं– महानगरीय प्रहरी वृत्त दरबारमार्गले लोडेड पोस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। बारा घर भई काठमाडौं बस्दै आएका २० वर्षीय पुकार शिकारीलाई विशेष सुराकीको आधारमा इन्स्पेक्टर बसन्त आचार्यको नेतृत्वको टोलीले ज्याठाबाट पक्राउ परेको हो । शनिबार दिउँसो ठमेल ज्याठाबाट ७.९९ एमएम नामको अमेरिकी पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनलाई हिरासतमा राखेर महानगरीय प्रहरी वृत्त दरवारमार्गले थप अनुसन्धान गरिरहेको छ।

सुतली बम र पेस्तोलसहित एक पक्राऊ

बिस्फोटक पदार्थ, पेस्तोल र गोलीसहित मकवानपुर प्रहरीले एक युवकलाई पक्राऊ गरी सार्वजनिक गरेको छ।

कोटेश्वरबाट दुई पेस्तोलसहित एक पक्राउ

काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोल सहित सुवास कार्की पक्राउ परेका छन् । बिहीबार कोटेश्वरस्थित न्यु सुनकोसी गेष्ट हाउसबाट उनी पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको थियो ।

अमेरिकन पेस्तोलसहित तीन पक्राउ

आबुखैरेनी गाउँपालिकाबाट ४ थान अमेरिकन पेस्तोलसहित तिन युवा पक्राउ परेका छन्। आबुखैरेनी गाउँपालिका ३ बस्ने अभियान श्रेष्ठको घरबाट ४ थान अमेरिकन नाइन एम एम  पेस्तोल सहित ३९ राउण्ड गोली समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

गौचन हत्यामा संलग्न दुई जना पेस्तोलसहित पक्राउ

शरदकुमार गौचन हत्यामा संलग्न रगेको आरोपमा कपनबाट बशन्त थेबे र धनराज योङहाङ पक्राउ परेका छन्। बिहीबार बेलुका ८ राउन्ड गोली र २ वटा पेस्तोलसहित उनीहरु पक्राउ परेका हुन्।

गोकर्णमा पेस्तोलसहित युवक पक्राउ

गोकर्णेश्वर नगरपालिकाबाट एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित सोमबार पक्राउ गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोक, चौताराका धीरेन ओप्ठलाई एक एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एसएलआरको गोली र दुई थान रडसहित प्रहरीले पक्राउ गरेको हो ।

पेस्तोलसहित २ पक्राउ

मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा रोल्पा प्रहरीले घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसोे एक थान घरेलु हतियार पेस्तोलसहित रोल्पा सदरमुकाम हँुदै काठमाडौँ जाँदै गरेको बा४ख २६०८ नं को बसमा चढेका माडी गाउँपालिका ३ तालाबाङका श्यामबहादुर घर्तीमगर र रामसिंह घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्