coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

नेपाल प्रज्ञाप्रतिष्ठान तथा नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ ।

हाम्री अनुराधा, जो बाबरमार्फत विश्व साहित्यमा चिनिइन्

नेपालका एक लेखकले नेपालमै बसेर बेलायती प्रकाशन गृहका लागि लेखेको एउटा पुस्तकले ११ भाषामा अनुदित हुने अवसर पाएको छ।

जितेन्द्र रसिकको ‘हनुमानको करामत’ बालकथा सार्वजनिक

बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ।

बालसाहित्यः हिजो र आज

पहिलेभन्दा लेखन र पुस्तक उत्पादनको गुणस्तर पनि बढेको हामी अभिभूत गर्न सक्छौं। बालसाहित्यमा देखापरेको विकासले गर्दा प्रतिभाशाली लेखकहरूलाई यस क्षेत्रमा आकर्षित गरेको छ र थप पुस्तकहरूको प्रकाशनलाई सम्भव बनाएको छ।

बालकविताले बालबालिकाको सांगीतिक चेतना परिमार्जन गर्न सहयोग गर्छ

बालकविता लेखन भनेको कोठामा बसेर गरिने एक्लो घोत्ल्याइँ मात्रै होइन। यसलाई ‘टेबुल वर्क’ का रूपमा मात्र नभई ’फिल्ड वर्क’ का रूपमा पनि हेरिनुपर्छ भन्ने मेरो मान्यता छ। त्यसैलै बालकविता लेखेपछि त्यसको प्रयोगशालीय परीक्षण गर्नु पनि आवश्यक छ।

'फुच्ची नानी सूर्य भेट्न गइन्'

साथीहरू तपाइँहरूले ‘फुच्ची नानी सूर्य भेट्न गइन्’ बालपुस्तक पढ्नु भएको छ ? यो बालचित्र कथा हो। यसका लेखक कार्तिकेय घिमिरे हुन्।

आन्विकाको दुई कृति बजारमा

बालसाहित्य लेखनमा सक्रिय लेखक आन्विका गिरीद्धारा लेखिएका ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ नामक दुई कृतिहरू सार्वजनिक भएका छन्। बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखक गिरीका दुई कृतिहरू विमोचन गरिएको थियो।

मेरो सानो खरायो, आज कता हरायो

कल्पना प्रधान बालसाहित्यमा स्थापित नाम हो। उनको जेठो छोरा प्रतीक प्रधानचाहिँ पत्रकारितामा स्थापित छन्। तिनै प्रतीकलाई खुसी बनाउन आमा कल्पनाले लेखेकी थिइन् बाल कविता, ‘मेरो सानो खरायो आज कता हरायो।’ तिनताका उनीहरू काठमाडौंको वसन्तपुरमा डेरा गरी बस्थे। कुरा त्यस्तै ०२७ सालतिरको। प्रतीक बिरामी थिए। उनले जे पायो त्यही खान मिल्दैनथ्यो। छोरालाई फकाउन उनले काठको गुड्ने खरायो किनिदिएकी थिइन्।

खोटाङमा राष्ट्रिय बालसाहित्य सम्मेलन हुने

२५औं राष्ट्रिय बालसाहित्य सम्मेलन खोटाङमा हुने भएको छ । नेपाल बालसाहित्य समाज काठमाडौंको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बालसाहित्य सम्मेलन गर्ने टुंगो गरिएको हो । बालसाहित्यमा लोकसाहित्यको प्रभाव, अभिभावक र बालसाहित्य, बालसाहित्यमा बालअधिकार र कर्तव्यलगायतका विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्तत्र्रिmया एवं बालपुस्तकको प्रदर्शनी गरिने समाजले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्