६ मंसिर २०८३ आइतबार
image/svg+xml
राजनीति

नेपालमा तामझामबिना उडेका प्रधानमन्त्रीको भारतमा कस्तो रह्यो स्वागत ?

दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहले विमानस्थलमा भारतीय सेनाको सलामी लिएका छन्।

आइतबार काठमाडौंबाट भारत प्रस्थान गर्दा नेपाली सेनाको सम्मान गारत ‘गार्ड अफ अनर’ नलिएका शाहले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भने भारतीय सुरक्षा निकायको सलामी लिएका हुन्।

विमानस्थलमा भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई सलामी दिएका थिए।

कुनै तामझामबिना नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका शाहले नेपालमा सम्मान गारत नलिए पनि भारतमा सलामी लिएका हुन्।

विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। विमानस्थलबाट बाहिर निस्कने क्रममा उनलाई सांस्कृतिक नाचमार्फत समेत स्वागत गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत पुगेका शाहले भ्रमणको पहिलो दिन आज साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

भोलि (सोमबार) उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय वार्ता तथा राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरी साँझ स्वदेश फर्कने तालिका छ।

प्रकाशित: ६ मंसिर २०८३ १७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App