जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान
जुनुमाया छन्त्याल र विद्या राईले २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
जुनुमाया छन्त्याल र विद्या राईले २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्जु चौधरीले सिनियर महिला ५९ केजी तौल समूहमा आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमान सुधार गरिन्।
सिनियर पुरुष ५५ केजी तौलसमूहमा गशेशरानाभाटले क्लिन एसिनियर पुरुष ५५ केजी तौलसमूहमा गशेश रानाभाटले क्लिन एन्ड जर्कमा १ सय १ केजी भार उठाउँदै नयाँ कीर्तिमान बनाएका हुन्। उनले त्रिभुवन आर्मीका तुलाराम महतोले मंगलबार नै सुधार गरेको सय केजीको कीर्तिमान भंग गरे।
जुनियर तथा सिनियरतर्फ ५५ वजनदेखि १०९ केजीसम्म, युथ पुरुषतर्फ ४९ वजनदेखि ८७ वजनसम्म, जुनियर तथा सिनियर महिलातर्फ ४५ वजनदेखि ८७ वजनसम्म र युथ महिलातर्फ ४० वनजदेखि ८१ वजनसम्म स्पर्धा हुने जानकारी दिए।