१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘डेब्यु’मा सहभागी हुँदै विदेशी मोडल

पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन सोमा सहभागी हुन विदेशी मोडलहरू नेपाल आइपुगेका छन्। नेपाली फेसन ब्रान्ड कासाले आगामी भदौ १३ मा पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ फेसन सोको आयोजना गर्दैछ।

पोखरामा यस्तो भो हेरिटेज फेसन सो (फोटो फिचर)

पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल’ नामक फेसन सो भएको छ। पोखरा ग्राण्डमा भएको फेसन सो मा नेपालमा नेपालका टप मोडलहरु र्‍याम्पमा उत्रेका थिए।

हेयर कलरको फेसन

अचेल कपालमा थरिथरिका रंग लगाउने फेसन बनेको छ। कपालमा रातो, निलो, हरियो, पहेलोँ जस्ता रंग लगाउनेहरू पनि प्रशस्तै भेटिन्छन्। कपाल हाइलाइट गर्नु पनि फेसनको रूपमा विकास भइसकेको छ। यस्ता हाइलाइट र रंग विशेष गरेर टिनएजर्सले नै बढी प्रयोग गर्छन्। उनीहरू फेसनमा बढी रुचि राख्छन्। बजारमा देखिएका नयाँ खालका हेयर कलर लगाउने उनीहरूमा सोख हुन्छ। कसैले यसलाई फेसनको रूपमा लिइरहँदा कसैले बाध्यताले हेयर कलर गरिरहेका छन्। यो पनि फेस मेकअप, हेयर डिजाइन, ड्रेस अप फेसन अनुसार चेन्ज भइरहन्छन्।

फेसनेवल अन्डर वेयर

गर्मीको मौसम छ। गर्मी बढेसँगै फेसनेवल कपडा बजारमा देखिन्छन्। फेसनमा महिलाको रुचि बढी हुने गरेको छ। अहिले बजारमा फेसनेवल अन्डर वेयर पनि देखिन थालेका छन्। यसमा महिलाको आकर्षण बढ्दै गएको छ। पुरुषको तुलनामा महिलाका अन्डर वेयर बढी फेसनेवल हुन्छन्। त्यसैले बजारमा नयाँ डिजाइनका अन्डर वेयर देख्नेबित्तिकै उनीहरू किन्ने गर्छन्।

अस्ट्रेलियाको र्‍याम्पमा नेपाली डिजाइन

अस्ट्रेलियाको राजधानी सिड्नी सहरमा गत शुक्रबार नेपाली फेसन डिजाइनर उत्तम बनेपालीको डिजाइनमा तयार भएका दर्जनौं पहिरनको प्रदर्शन गरिएको छ। सिड्नीमा बस्दै आएका नेपाली मोडलहरूले उत्तमको डिजाइनलाई ¥याम्पमा प्रस्तुत गरेका हुन्।

‘पत्नीभक्त’ सुमन

फेसन मनपराउने धेरैले आफ्नो टिसर्टमा मन परेका देशी–विदेशी कलाकारका तस्बिर अंकित टिसर्ट लगाएको देखिन्छ। कसैले ब्रेटनी र त कसैले बब मार्लीका तस्बिर अंकित टिसर्ट लगाएको थुप्रै भेटिन्छ। भक्तपुर बोडेका एक युवाले भने आफ्नी श्रीमतीको तस्बिर अंकित टिसर्ट लगाएर धेरैको ध्यान खिँचेका छन्।

चल्तीका फेसन

फेसनले व्यक्तित्व झल्काउने भएकाले पछिल्लो समय मानिसहरू यसप्रति सचेत देखिन्छन्। फेसनका लागि सेलिब्रेटीलाई फलो गर्नेको जमात पनि बढेको छ।

समर आउटफिट कलेक्सन

समर सिजन र फेसन परिपूरकजस्तै मानिन्छ। यो सिजनमा हरेक उमेर समूहका व्यक्ति आफूलाई युनिक देखाउने पहिरन लगाउने गर्छन्।

ट्रेन्डमा न्यू हेयर स्टाइल

गर्मीको सुरुवातसँगै सहरका सैलुनमा थरीथरीका हेयर स्टाइलको ट्रेन्ड चल्ने गर्छ। यसपालीको गर्मीमा काठमाडौंका हेयर सैलुनमा नयाँ–नयाँ हेयर स्टाइलका क्याटलक राखिएका छन्।

चल्तीमा जिन्स पाइन्ट

सन् १८७३ मा जेकब डेभिस र लेभी स्ट्रउसले डेनिम जिन्सको सुरुवात गरेका थिए। बलियो अनि टिकाउ हुने भएकाले कारखानामा काम गर्ने मजदुरका लागि बनाइएको हो, डेनिम जिन्स।

अप सोल्डर डिजाइन ट्रेन्ड

फेसनले बजारलाई ढपक्कै ढाकेको छ। विभिन्न डिजाइनका लुगाले पसल, मल, फुटपाथ भरिभराउ देखिन्छन्। फेसन फलो गर्नेको जमात दिनानुदिन बढ्दो छ। बजारमा आएका थरीथरी डिजाइनका लुगामध्य धेरैले मनपराएको डिजाइन हो, अप सोल्डर।

चल्तीका टिनएजर ड्रेसअप

समय फेसनको छ, उमेर अनुसार जो कोहि पनि फेसन गर्न रुचाउँछन्। शहरीया युवापुस्तामा फेसन फलो गर्ने ट्रेन्ड निकै बढेको देख्न सकिन्छ। बजारमा आएको फेसन फलो नगर्ने साएदै केहि होलान्। नेट– इन्टरनेटको माध्यमबाट होस् या कुनै सेलीब्रेटिले लगाएको पहिरन किन नहोस् फेसन फलो गर्नेहरुको जमात निकै फराकिलो रहेको छ। अहिले भने बजारमा अफ सोल्डर फेसन निकै चलेको छ। बिशेषत स्प्रिङ् सिजनको आगमन संगै यो फेसन निकै चलेको व्यापारी बताउँछन्।

परम्परा हरायो, फेसन मौलायो

होली भन्ने बित्तिकै सबैको मनमा सप्तरंगी कल्पना दौडन्छ। काठमाडौं उपत्यकाको होलीमा पानी, लोला, पिचकारी पनि मिसिन्छ। ती बाहेक अचेल नयाँ चलन पनि प्रचलनमा छ त्यो हो, होली फेसनको।

‘केल्भिन क्लेन’ को अभियानमा अन्जली आवद्ध

नेपालको तेस्रो लिङ्गी मोडल अन्जली लामा अन्तर्राष्ट्रिय फेसन ब्रान्ड केल्भिन क्लेनको अभियानमा आवद्धमा भएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर केल्भिन क्लेनको ‘माइ केल्भिन्स’ ह्यासट्यागसहित सुरु गरेको अभियानमा उनीसहित संसारभरका विभिन्न क्षेत्र १० महिलाहरु समावेश भएका थिए।

जीवनशैली नै फेसन

समय फेसनको छ, समयअनुसारको फेसन फलो गर्नेहरु दिनानुदिन बढेको पाइन्छ। समयको माग र बजारमा चलेको ट्रेन्डलाई फरक तरिकाले फेसन गर्नेहरुमा शहरिया युवा पुस्ता निकै अगाडि रहेका छन्। साना नानीदेखि उमेरका पाकाहरु सम्मलाई फेसनले निकै प्रभाव पारेको देख्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्