२६ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश (फोटो फिचर)

नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार एन्फा कम्पेक्स सातदोवाटोमा सम्पन्न सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ ले पराजित गरेको हो।

मैत्रीपूर्ण फुटबलमा नेपालको जित

एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली फुटबल टोलीले बुधबार दोस्रो   मैत्रीपूर्ण खेलमा जित हात पारेको छ। नेपालले ख्वानसेइ गाकुइन विश्वविद्यालयलाई २–१ ले पराजित गरेको हो।

नेपाली फुटबल टोली शुक्रबार जापान जाने

एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाने भएको छ।

म्युजिक भिडियोमा फुटबलर

राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामा म्युजिक भिडियोमा देखिएका छन्। उनले गायक केबी राई 'आँखाहरु' बोलको गीतमा पहिलोपल्ट अभिनय गरेका हुन्।

फुटबलको टिकट अनलाइनमा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत जेठ ३० गते यमनविरुद्ध हुने खेलको टिकट पहिलो पटक अनलाइनमार्फत विक्री गर्ने भएको छ।

'राम्रा प्रशिक्षक नहुँदा फुटबलमा पछाडि'

'नेपाली खेलाडीमा क्षमता छ, यसमा कुनै शंका छैन। तर, क्षमता निखार्न राम्रो प्रशिक्षक आवश्यक छ।'

भारतसँग फुटबल खेल्न नेपाली टोली मुम्बई प्रस्थान

भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटलब सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरे।

'चाइनिज फुटबल धेरै तल'

चाइनिज फुटबलबाट पर्याप्त सम्मान पाएता पनि कार्लोस टेभेजले त्यहाँको फुटबलको स्तर युरोपियन फुटबलको भन्दा धेरै तल रहेको बताएका छन्।

मध्यपुरमा ग्रासरुट फुटबल

मध्यपुर युथ एसोसिएसनले शनिबारबाट ‘विकेन्ड ग्रासरुट होम एन्ड अवे फुटबल लिग’ प्रतियोगिता गर्ने भएको छ। ८ महिनासम्म चल्ने यस प्रतियोगितामा १६ विद्यालयका दुई उमेरसमूह गरी ३२ टोलीको समहभागिता रहने मध्यपुर युथ एसोसिएसनले बिहीबार पत्रकार सम्मेलनमा जनाकारी दियो।

सर्वाधिक राशीको अनुप स्मृति रनिङ कप फुटबल सुरु

खोटाङमा सर्वाधिक राशीको अनुप स्मृति रनिङ कप खुला पुरुष फुटबल प्रतियोगीता सुरु भएको छ । २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको सम्झनामा बुधबारदेखि सर्वाधिक राशीको फुटबल प्रतियोगीता सुरु गरिएको हो । माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा सुरु प्रतियोगीता दिक्तेलस्थित माटिकोरे खेलमैदानमा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले उदघाटन गरे ।

राजनीतिको सिकार अर्जेन्टिनी फुटबल

लियोनेल मेसीमाथिको प्रतिबन्ध र बोलिभियासँगको निराशाजनक हारपछि फिफा विश्ववरीयताको शीर्ष टोली अर्जेन्टिना १९७० पछि पहिलो पटक विश्वकपमा छनोट नहुने खतरानजिक पुगेको छ।

अमेरिकी फुटबल टोलीमा नेपाली मूलका विशेष अधिकारी

अमेरिका निवासी नेपाली मूलका १४ वर्षीय किशोर विशेष अधिकारी उमेर समूहको अमेरिकन फुटबल टोलीमा परेका छन्। उनले स्पेनको बार्सिलोनामा हुने फुटबल प्रतियोगितामा अमेरिकी टोलीबाट खेल्दैछन्।

भेट्रान फुटबलमा ११ टोली

दोस्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा ११ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। बिहीबारदेखि हुने प्रतियोगितामा साबिक विजेता त्रिभुवन आर्मी क्लब, सामाखुसी फुटसल टिम, नाइट किङ क्लब, ब्वाइज युनियन क्लब, रूपन्देही ११ भेट्रान क्लब (बुटवल), झम्सीखेल युथ क्लब, साबिक उपविजेता मनाङ मर्स्याङदी क्लबले खेल्नेछन्।

महिला फुटबल दिवस

एएफसी महिला फुटबल दिवसको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विभिन्न कार्यक्रम गरेको छ। एएफसी महिला फुटबल दिवस अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमै पर्ने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्