coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

चार दिनमै छुटे प्रहरीमाथि आक्रमण गराउने तस्कर

प्रहरीमाथि आक्रमण गराउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक तस्करलाई जिल्ला प्रहरी कार्यालय बाराले चार दिनमै थुनामुक्त गरेको घटना सार्वजनिक भएको छ।

ललितानिवास प्रकरणमा पक्राउ परेका राउतलाई थुनामुक्त गर्न आदेश

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।

निर्मला कुर्मी कर्तव्य ज्यान मुद्दाः आरोपित सबै थुनामुक्त

अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा आरोपमा पक्राउ परेका ६ जनालाई थुनामुक्त गर्न सरकारी वकिल कार्यालयले आदेश दिएको छ।

बस्न्यातलाई थुनामुक्त गर्न अस्वीकार

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई बन्दी प्रत्यक्षीकरणअन्तर्गत परेको रिट निवेदनअन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेको छ।

अख्तियारका पूर्वप्रमुख अस्वस्थ, थुनामुक्त गर्न माग

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरीजवाइँ प्रज्वल अधिकारीले शुक्रबार रिट निवेदन दर्ता गरेका हुन्। उनको निवेदनमाथि आइतबार सुनुवाई हुँदैछ। बस्न्यातलाई चाबहिलस्थित ओम अस्पतालमा अक्सिजन दिएर उपचार भैरहेको रिट निवेदनमा उल्लेख छ।

ज्ञानेन्द्र शाही थुनामुक्त

शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईका कारण विमान ढिला उडेको भन्दै शाहीले जहाज भित्रै मन्त्रीविरुद्ध दुर्व्यवहार गरेका थिए।

फैसला थाहा नपाएको ‘बहाना’ मा मनाङे जेलमुक्त

गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त भएका छन्। डिल्लीबजार कारागारमा रहेका मनाङ्गेलाइ सर्वाेच्च अदालतकाे आदेश बमाेजिम छाेडिएकाे हाे।

सर्वाेच्चकाे अादेशसँगै प्रवक्ता विश्वकर्मा रिहा

सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ। अदालतकाे अादेशसँगै विश्वकर्मा पुन: पक्राउ नपर्ने गरी मंगलबार साँझ रिहा भएका छन्।

प्रकाण्डलाई थुनामुक्त गर्न तेस्रोपटक आदेश

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न तेस्रोपटक आदेश गरेको छ।

देवनारायण थुनामुक्त

एक सातादेखि भारतीय प्रहरीको थुनामा रहेका सीमारक्षा आन्दोलनका अभियन्ता देवनारायण यादव र उनका छोरा अजय शनिबार मुक्त भएका छन् । यादव बाबुछोरामाथि लगाइएको अपहरण तथा शरीरबन्धक मुद्दाउपर शुक्रबार सुनुवाइ सकिएपछि शनिबार अदालतबाट साधारण तारेखमा रिहा गर्ने जारी भएको हो ।

शर्मा थुनामुक्त

सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ गरिएका चूडामणि शर्मालाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ।

डिआइजी सिलवाललाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधिस सुशिला कार्कीको एकल इजलासले सोमबार सिलवाललाई निर्पध्वज निरौलाको रोहवरमा वरिष्ठ अधिवक्ता शम्भुको थापाको जमानीमा तत्काल थुनामुक्त गर्ने दिएको हो ।

थुनामुक्त गरीदिने भन्दै ५ लाख ४० हजार ठग्ने पक्राउ

काठमाडौं– कारागारमा थुनामा रहेका व्यक्तिहरुलाई थुनामुक्त गरीदिने भन्दै ५ लाख ४० हजार रुपैयाँ ठगी गर्ने काठमाडौं बुढानिलकण्ठ बस्ने नुवाकोट थानपती गाविस–८ का ३ वर्षीय राजु उप्रेतीलाई महानगरीय अपराध महाशाखा काठमाडौंले कालीमाटीबाट मंगलबार पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्