माओवादीसँग ५०-५० अनुपातमा एकता गर्ने सहमति भएको छैन : नेता खनाल
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताएका छन्।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताएका छन्।
मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको छैन।
नेपाल र भारतबीच जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा महत्वपूर्ण सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमणक्रममा शनिबार उक्त सहमति बनेको हो। भारतले यी सहमतिलाई ‘गेम चेन्जिङ’ सहयोग भनेको छ।
प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ।आज बसेको मन्त्रिपरिषद्को बैठकले साे निर्णय गरेको हो।
पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बाट संकलन भएको ४० करोड रुपैयाँ अलपत्र भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अघिल्लो कार्यसमितिको नाममा १४ करोड बेरुजु देखिएपछि नेपाल पर्यटन बोर्डले टिम्सको रकम टानलाई दिन रोक लगाएको थियो।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संरचनागत विभेद रहेको बताएका छन्। संसद बैठकमा बोल्दै यादवले यो देशको लागि हानिकारक हुने बताए। उनले संविधानलाई संशोधन गरेर अघि बढ्नु पर्ने प्रष्ट पारे। ‘संविधानमा रहेका कमिकमजोरीलाई सच्याउँदै सबै समुदायलाई अपनत्व महशुस गर्ने बनाउनु पर्छ’, उनले भने ‘सबैले संविधानमा गर्व गर्ने सक्ने बनाउनु पर्छ।‘
वाम गठबन्धन र संघीय समाजवादी फोरमको बैठक सोमबार पनि कुनै सहमतिमा पुग्न सकेन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा सकारात्मक छलफल भएपनि सहमति नजुटेको हो। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादव मात्रै सहभागी थिए।
वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच संविधान संशोधन र सरकार विस्तारबारे भएको छलफल सहमति नजिक पुगेको छ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ।
एमाले संसदीय दलभित्र आन्तरिक सहमति जुट्न नसकेका कारण प्रदेश ४ को मन्त्रिपरिषद् विस्तार केही दिन ढिला हुने भएको छ ।वाम गठबन्धनको सरकार बन्ने यो प्रदेशमा मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमाले र सभामुखसहित दुई मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ।
सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ।
मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा यहाँको संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति दिएको छ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माण गर्ने सहमति गरेका हुन्।
मन्त्रिपरिषद् विस्तारका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावलाई सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेतृत्व आलोपालो गर्ने सहमति भएको छ।