इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादीकाे संज्ञा
अमेरिकाले इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादी संज्ञा दिँदै उनीमाथि आर्थिक प्रतिबन्ध लगाएकाे छ।
अमेरिकाले इरानको केन्द्रीय बैंकका प्रमुखलाई आतंकवादी संज्ञा दिँदै उनीमाथि आर्थिक प्रतिबन्ध लगाएकाे छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व आतंकवाद उन्मूलन गर्नु नै अहिलेको चुनौती रहेको बताएका छन् । देउवाले संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई शनिबार न्युयोर्कमा सम्बोधन गर्दै आतंकवादको समाधानबाट मात्रै विश्वमा शान्ति र विकास सम्भव भएकोमा जोड दिएका हुन् । उनले यसका लागि सहकार्य गर्न विश्व समुदायसँग आग्रह गरेका छन् ।
न्युयोर्कका लागि हरेक दिनको उदय उस्तैगरी हुन्थ्यो— व्यस्थता र भीडभाडको तयारी गर्दै। तर २००१ सेप्टेम्बर ११ को दिन अमेरिका र विश्वका लागि एउटा नयाँ त्रास बनेर उदायो। अमेरिकी इतिहासमा यस्तो घटना यसअघि कहिलै भएको थिएन। न विश्व इतिहासमै त्यस्तो कुनै उदाहरण दर्ज भएको थियो। १६ वर्ष अगाडि आजकै दिन अर्थात् सेप्टेम्बर ११ को दिन बिहान ८ः४६ बजे अमेरिकन एयरलाइन्सको फ्लाइट नं. ११ जहाज अपहरणमा पार्यो। त्यो जहाज न्युयोर्कको ट्विन्स टावरको उत्तरपट्टि गएर बज्रियो।
ब्रिटेनको म्यान्चेस्टर शहरमा सोमबार भएको बम विस्फोट पश्चात् प्रधानमन्त्री टरिजा मे ले थप आंतकवादी गतिविधिहरू हुन सक्ने दाबी गरेकी छिन् ।
वेलायतको संसद भवन बाहिर आतंककारी हमला भएको छ। हमलामा एक जनाको मृत्यु भएको छ। संसद भवन रहेको वेष्टमिनिष्ट नजिकै आतंकवादी आक्रमण भएपछि सांसदहरुलाई संसद भवनभित्रै थुनिएका छन्।
प्रहरीलाई सूचना आउँछ, होटल टुँडिखेलमा आतंकवादीले २० जनाभन्दा बढीलाई बन्धक बनाएका छन्। बन्धकमा थोरै नेपाली र धेरै विदेशी छन्। प्रहरी उच्च कमान्डले गृह मन्त्रालयमा खबर गर्छ। गृहले प्रधानमन्त्री कार्यालयमा जानकारी पुर्याउँछ।
भारतले आफ्ना निजी तथा सरकारी विमानमा सवार रहने हतियारधारी फौजी दस्ता (एयर मार्सल) का लागि नेपालमा बासस्थान मागिरहेका बेला नेपालले भने आतंकवादविरुद्ध लड्न आफू सक्षम र सक्रिय रहेको अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट पारेको छ।
अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले आतंकवादी गतिविधिभन्दा वातावरणीय अपराध बढी खतरा रहेको ठहरसहित रोकथामका लागि तीनवर्षे कार्ययोजना बनाएको छ। इन्टरपोलको शुक्रबार काठमाडौंमा सम्पन्न २३औं एसिया क्षेत्रीय सम्मेलनले सन् २०२० सम्म एसिया र अफ्रिकाबीचको वातावरणीय अपराध सञ्जाल भत्काउने रणनीतिसहित कार्ययोजना तय गरेको हो।
नेपालले एसियामा क्रियाशील इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसएस) का सदस्यबाट कुनै पनि समय खतरा हुन सक्ने जानकारी विश्व समुदायलाई गराएको छ।
भारत प्रशासित कश्मिरको अखनुर जिल्ला भारतीय सैनिकमाथि आक्रमण भएको छ। सो आक्रमणमा तीन जना भारतीय सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ।
इस्लामिक स्टेटको आतंक यतिबेला विश्वकालागि चुनौती बनेको छ। तर विश्वकालागि चुनौती बनेको आइएसकालागि भने एक २३ वर्षीया युवती चुनौती बनेकी छन्। आतंकवादी संगठन आइएससँग युद्ध गर्न एक युवतीले हतियार उठाएपछि अहिले ती युवती आइएसकालागि टाउको दुखाएको विषय भएकी छन्।
प्रहरीले पछिल्लो केही महिनायता भारतको पश्चिम बंगालबाट महिनैपिच्छे सयाैं केजी बम बनाउने सामाग्री भित्रने गरेको खुलासा गरेको छ। प्रहरीको विशेष ब्युरोको अप्रेसनमा सिलगुडीबाट झापा हुँदै संखुवासभाको खादबाँरीमा सयौं किलोग्राम बम बनाउन प्रयोग हुने बिस्फोटक पर्दाथ भित्रि रहेको खुलासा गरेको हो।
अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदाले अमेरिकामा ठूलो आक्रमण गर्ने तयारी गरेको खुलासा भएको छ। अमेरिकी गुप्तचर विभाग (एफविआई) ले न्युयोर्क, टेक्सस र भर्जिनियाको स्थानीय प्रशासनलाई सो समबन्धी चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
गृह मन्त्रालय उच्चस्रोतका अनुसार भारतीय गुप्तचर निकायको सहकार्यमा गरिएको सुरक्षा विश्लेषणमा आतंकवादी संगठन, भारतीय अतिवादी संगठनभन्दा पनि पछिल्लो भारतीय नाकाबन्दीबाट चिढिएका नेपालीले नै मुखर्जीलाई अपमान गर्न सक्ने सम्भावनालाई ध्यान दिई तीन घेरामा सुरक्षा योजना बनाइएको छ ।
पाकिस्तानको क्वेटामा प्रहरी तालिम केन्द्रमा आतंकवादी आक्रमण भएको छ। सो आक्रमणमा ५७ प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। सो आक्रमणमा एक सय भन्दा बढी प्रहरी घाइते भएका छन्। करिब सात जनाको संख्यामा आएका आक्रमणकारीले अन्धाधुक्ध गोली चलाउँदा ठूलो संख्यामा प्रहरीको मृत्यु भएको हो। प्रहरीको जवाफी कारवाहीमा ३ आक्रमणकारी मारिएका छन्।