२५ असार २०८१ मंगलबार
image/svg+xml

अवैध शिशु जन्माएर युवतीले गरिन आत्महत्या

स्याङ्जामा एक युवतीले शिशु जन्माएपछि आत्महत्या गरेकी छन्। भिरकोट नगरपालिका–७ की २२ वर्षीया स्नेहा अधिकारीले अवैध रुपमा शिशु जन्माएपछि आत्महत्या गरेकी हुन्। स्थानीय गम्बर बहादुर अधिकारीले आफ्नो बारीमा मास पुगेकी स्त्री जातको नवजात शिशु मृत अवस्थामा फेला परेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए।

गुट उपगुट होइन, पार्टीको सिद्धान्त समात्नुस् : पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई गुट, उपगुट निर्माणमा नभई पार्टी बनाउन आग्रह गरेका छन्। आइतबार वालिङमा आयोजित पार्टी नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘गुट उपगुट होइन पार्टीको सिद्घान्त समात्नुस्।’

‘दुई तिहाइको म्याण्डेटलाई रिस गर्न कसैलाई छुट छैन’

नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले वर्तमान सरकारकै पालामा देशमा समृद्धि आउने दावी गरेकी छन्। ‘देशको नेतृत्व गर्न जनताले स्पष्ट बहुमत दिएको छ,’ उनले भनिन्, ‘जनताले दिएको म्याण्डेटको रिस गर्न कसैलाई छुट छैन।’

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

वालिङ ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। मंसिर २० गते देखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो।

आलु लगाउने चटारो

बर्खे धान भित्र्याएसँगै स्याङ्जाका किसानहरू आलु लगाउन चटारोमा छन्। जिल्लाका वालिङ, चापाकोट, गल्याङ र भिरकोट नगरपालिका तथा आँधीखोला, अर्जुनचौपरी र फेदीखोला गाउँपालिका कृषक तथा सार्वसाधरण आलु लगाउने काममा व्यस्त छन्। जिल्लामा सबैभन्दा बढी उत्पादन हुने क्षेत्र चापाकोट फाँट, जिमुवा फाँट हो।

शिवजी साँझमा राष्ट्रिय कलाकारको धमाका

गोधूलि साँझ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमालका लर्कनमा मात्रै घामको झुल्को छ। हिमालको चिसो सिरेटोसँगै गोधूलि साँझ ढल्किँदै छ। शिवजी मन्दिरका घन्टीहरू अझै बजिरहेछन् । मन्दिरमा दर्शनार्थीको घुइँचो छ।

नेक्सस क्रिकेट : स्याङ्जा र सनराइज विजयी

मिलानो यु–१६ नेक्सस अन्तरएकेडेमी प्रतियोगितामा शनिबार स्याङ्जा क्रिकेट एकेडेमी र सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर विजयी भएका छन्।

प्याराग्लाइडिङ एक्युरेसी वल्डकप : कोरिया शीर्षमा, नेपाल अझै कमजोर

स्याङ्जाको स्वरेकमा भइरहेको प्याराग्लाइडिङ एक्युरेसी वल्डकप (पिजिएडब्लुसी) को शनिबार पाँचाैं राउन्ड सकिँदासम्म कोरियाका खेलाडीले शीर्ष तीन स्थानमा वर्चस्व राखेका छन्।

प्याराग्लाइडिङ एक्युरेसी वल्डकपः स्लोभानियाको अग्रता, नेपाल पाँचाैंमा

स्याङ्जाको स्वरेकमा शुक्रबारदेखि सुरु भएको प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) प्रतिस्पर्धाको दोस्रो राउन्ड सकिँदासम्म स्लोभानियाका खेलाडीले अग्रता लिएका छन् । व्यक्तिगततर्फ दुई राउन्ड सकिँदा नेपाल पाँचाैं स्थानमा छ।

नेपालका लागि पदक चूनौतीपूर्ण

प्याराग्लाइडिङ खेलमा एक्युरेसी, क्रस कन्ट्री र एक्रोब्याटिक गरी तीना विधा हुन्छन् । नेपाली प्याराग्लाइडिङ खेलाडी (पाइटल) को अधिक अभ्यास क्रस कन्ट्रीमा छ । त्यसपछि केहीले एक्रोब्याटिक गर्छन् । एक्युरेसीको अभ्यास निकै नै कम हुने गरेको छ।

प्याराग्लाइडिङ एक्युरेसी वल्डकप आजदेखि,२१ मुलुकका साहसिक पाइलट स्वरेकमा

दुई दशकपछि राष्ट्रले चिनेको खेल प्याराग्लाइडिङको नेपालका लागि अहिलेसम्मकै ठूलो प्रतिस्पर्धा प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) बिहीबारदेखि स्याङ्जामा सुरु हुँदै छ । त्यसका लागि विभिन्न २१ मुलुकका साहसिक प्यारालाइडिङ पाइलट (खेलाडी) स्याङ्जा आइपुगेका छन् भने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

प्याराग्लाइडिङ एक्युरेसी विश्वकप बिहीबारदेखि

स्याङ्जामा आगामी बिहीबारदेखि प्याराग्लाइडिङ एक्युरेसी विश्वकप (पिजिएडब्लुसी) सुरु हुँदै छ । नेपालमा पहिलो पटक हुन थालेको यो प्रतियोगिताले साहसिक मानिने प्याराग्लाइडिङ खेलको प्रवद्र्धनसहित नेपालमा थप साहसिक पर्यटक भित्र्याउन सघाउ पुग्ने आयोजकको अपेक्षा छ।

गन्तव्य स्याङ्जा (फाेटाे फिचर)

शरद ऋतुको आगमन भइसकेको छ । दसैं–तिहारलगायतका चाडपर्वले छोइसकेको छ । हिमालका लर्कनहरू खुल्न थालेका छन् । फाँटहरू हुस्सुको बास, पहाडका टाकुरामा कुइरोको घेरो । मौसम न चिसो न त गर्मी नै । कस्तो मण्डले पाराको मौसम । खेतका फाँटमा पहेंलपुर धानका बाला झुलिरहेछ । बारीमा कोदोको बाला पनि । लाहोरबाट लाहुरेको आगमनले गाउँघरको रोधीँ ब्युझिएको छ।

स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप हुने

स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवाफाँटमा ‘फर्स्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप–२०१८’ हुने भएको छ। नेपाल प्याराग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एडभेन्चर क्लबको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा अगामी कात्तिक १५ देखि १९ गते सम्म प्रतियोगिता आयोजना हुनेछ।

स्याङ्जामा चाडपर्व विशेष सुरक्षा योजना लागु, ३ सय ८७ प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चाडपर्व विशेष सुरक्षा योजना लागु गरेका छ। दशैं, तिहार, छठ र ल्होसारलाई लक्षित गरी जिल्लाभर विशेष सुरक्षा योजना लागु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्