७ आश्विन २०८१ सोमबार
image/svg+xml

पैसा उठाउदै हिड्ने दुई युवा पक्राउ

व्यक्ति र सरकारी कार्यालयबाट जर्वजस्ती पैसा उठाउदै हिड्ने नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना युवालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ ।

महानगरको साइनबोर्डहरुमा निर्वाचन विरोधी नारा लेख्ने पक्राउ

भरतपुर महानगरपालिका र तीनवटा वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर निर्वाचन विरोधी नारा लेख्ने एक व्यक्तिलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ ।

मोदीलाई 'मेन्सन' गरेर विमान अपहरण भएको ट्विट गर्ने यात्रु पक्राउ

जेट एयरवेजमा यात्रा गरिरहेका एक यात्रीलाई उनले गरेको ट्विटका कारण भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन्। ती यात्रुले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्रलाई मेन्सन गरेर विमान अपहरणमा परेको उल्लेख गरेका थिए। विमान जयपुरमा अवतरण गर्नासाथ ट्विट गर्ने यात्रु खोज्न थालेका थिए। सुरक्षाकर्मी विमानभित्र प्रवेश गर्दा ट्विट गर्ने ती व्यक्ति आनन्दसँग कानमा एयरफोन लगाएर गीत सुनिरहेका थिए।

पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन्।

सेन्ट जेभिर्समा भर्ना गर्दिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

जावलाखेलस्थित सेन्ट जेभिर्स स्कूलमा भर्ना गर्दिन्छु भनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ, सिसहनिया-१ स्थायी घर भई कुमारीपाटी बस्ने सुगम भन्ने बाबुराम सुवेदी तथा रामेछाप, गेलु-२ स्थायी घर भई वानेश्वर बसोबास गर्ने विनोद भन्ने बिमल खड्का छन्।

बाग्लुङमा पेस्तोल र ११ राउण्ड गोली सहित एक युवा पक्राउ

जिल्लाको बुर्तिबाङबाट एक युवा हतियार सहित पक्राउ परेका छन्। बुधबार साँझ बुर्तिबाङको एक होटलमा फायरिङ गरेर भाग्दै गरेको श्याम रेश्मीलाई पक्राउ पेस्तोल र ११ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मुस्लिम धर्मगुरू गुलेन एक हजार समर्थक पक्राउ

टर्कीको प्रशासनले अमेरिकामा स्वघोषित निर्वासनमा रहेका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेन समर्थक करिब एक हजार नागरिकलाई बुधबार पक्राउ गरेको छ ।

नक्कली पेस्तोल देखाएर लुट्ने तीन पक्राउ

नक्कली पेस्तोल देखाएर राजमार्ग क्षेत्रका जंगलमा लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्। कोहलपुर प्रहरीले पुर्वपश्चिम राजमार्गको रोहनीखोला नजिक जंगलबाट नक्कली पेस्तोलसहित तीन जना पक्राउ गरेको हो।

३९ केजी चरेस सहित दुई महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय पाल्पाले लागु औषध चरेस सहित दुई महिलालाई पक्राउ गरेको छ। गुल्मीको भुवाचिदीबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ५७३१ नम्बरको बसबाट प्रहरीले ३९ किलोग्राम चरेस बरामद गरेको हो।

आईफोनसहित ठमेलबाट भट्टराई पक्राउ

धादिङ, मैदी–२ का राजन भट्टराई २६ थान आईफोनसहित ठमेलबाट पक्राउ परेका छन्। धादिङ्ग मैदी–२ घर भएका २७ वर्षीय उनले भन्सार छली गरी राजस्व नतिरी आईफोन भित्र्याएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।

अझै पक्राउ परेनन् ढुंगेल

नेपाल प्रहरीले आफ्नो जनशक्ति परिचालन गर्दासमेत सर्वोच्च अदालतबाट जन्मकैद ठेकिएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न नसकिएको जानकारी अदालतलाई गराएको छ।

सुन जस्तै देखिने धातुसहित स्वीस नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा सुनजस्तै देखिने पहेँलो धातुसहित एक स्वीस नागरिक पक्राउ परेका छन् ।

अवैध पेस्तोल र म्याग्जिनसहित दुई पक्राउ

इटहरीमा पेस्तोल र म्याग्जिनसहित दुई जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–१७ कान्छीचोकस्थित पूर्व–पश्चिम लोकमार्गमा चेकजाँच गर्ने क्रममा को.२८ प ५७७० नम्बरको मोटरसाइकलमा सबार इटहरी–६ बस्ने २५ वर्षीय अमितकुमार सिंहको साथबाट पेस्तोेल १ थान र ३ राउन्ड गोली लोड भएको म्याग्जिन १ थान बरामत भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्