७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

एक किलो सुनसहित तीन पक्राउ

झापा – प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन । 

सुन कसको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो । यसअघि शुक्रबार प्रहरीले चन्द्रगढी विमानस्थलबाट एक सय किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको थियो । रासस 

प्रकाशित: १६ वैशाख २०७४ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App