११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बूढीगण्डकी आयोजना कार्यालय अगाडि झडप, दर्जन बढी अश्रुग्यास प्रहार

कार्यालयका सिसा फुटेपछि स्थितिलाई नियन्त्रणमा लिन १५-२० राउण्ड अश्रुग्यास प्रहार गरिएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

तानसेनमा झडप, प्रहरीसहित चार घाइते

गत दशैंदेखी हराईरहेकी विनुको शव सनाखत गरि दाहसंस्कार गरेका आफन्तले विनुको हत्या नै भएको र प्रहरीले दोषी पक्राउ गर्न नसके विरोधमा तानसेनमा प्रदर्शन गरेका छन् । आइतबार पीडित पक्षले गरेको प्रदर्शनमा लाठी चार्ज भएको छ । एक प्रहरी र तीन प्रदर्शनकारी घाईते भएका छन् ।

स्थानीय तह पुनर्संरचनाको विषयमा पाँचथरमा झडप

स्थानीय तह पुनः सरचनाको विषयले फिदिममा असन्तुष्ट विभिन्न क्षेत्रका वासिन्दा र प्रहरीबीच झडप भएको छ। फाल्गुनन्द गाँउपालीका बनाउनु पर्ने तथा अखण्ड रानीटार माग गर्दै सयौँ संख्यामा फिदिम आएका स्थानीय वासिन्दा र प्रहरीबीच झडप भएको हो।

मोर्चा र एमाले कार्यकर्ताबीच झडप, ७ कार्यकर्तालार्इ नियन्त्रण लिएर छाेडियाे

रौतहटको सदरमुकाम गौर स्थित जिल्ला विकास समितिको कार्यालय अगाडी मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। जिल्ला आएका एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विरोधमा मोर्चाका कार्यकर्ता नारावाजीमा उत्रिएसँगै नेता नेपालको समर्थनमा एमाले कार्यकर्ता उत्रिएपछि दोहोरो झडपको अवस्था सिर्जना भएको हो।

प्रहरी र स्थानीय बीच झडप हुँदा एक घाइते

गुल्मीको रिडीमा गाउँपालिकाको केन्द्र माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ। झडपमा स्थानीय दिपक कंडेल घाइते भएका छन्। रुरु गाउँपालिकाको केन्द्र रिडीमा बनाउनुपर्ने माग गर्दै रिडी क्षेत्रका स्थानीय आन्दोलित बन्दै आएका छन्।

ब्राजिलको एक कारागारमा झडप, २५ जना कैदीको मृत्यु

ब्राजिलको उत्तरी भागमा रहेको एक कारागारमा कैदीबीच झडप हुँदा २५ जना कैदीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

काश्मिर झडपमा थप २ सहित ७८ काे मृत्यु

भारत प्रशासित काश्मिरमा मङ्गलबार सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएको झडपमा परी दुई जना आन्दोलनकारीकोे मृत्यु भएको प्रहरीले जनाएको छ।

मटिहानीमा एसएसवी र स्थानीयबीच झडप

महोत्तरी-सीमावर्ती बजार मटिहानीमा भारतीय एसएसवी र स्थानीयबीच सोमबार दिउँसो झडप हुँदा एक दर्जन भन्दा बढी स्थानीय घाईते भएका छन्।

नेविसंघ कार्यकर्ता झडपमा उत्रिए, एक प्रहरी घाइते

नेविसंघ महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर रामचन्द्र पौडेल समूहले बखेडा झिकेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ। नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

अभियुक्त पक्रन गएका सुरक्षाकर्मी र स्थानीयबीच झडप, ३ राउन्ड हवाइ फायर

कलैया(बारा)– ज्यान मार्ने उद्योगमा संलग्न भएको आशंका गरिएका अभियुक्त सियाराम साहलाई नियन्त्रणमा लिन गएका प्रहरी र स्थानीयबासीबीच बुधवार झडप भएको छ।

दशगज्जामा घन्टौं झडप

नेपाल तर्फका आधा दर्जन बढि गाउँलाई डुवानमा पार्ने गरी भारतीयहरुले दशगज्जा क्षेत्रमा बनाउन लागेको बाँधका सप्तरीको तिलाठी तथा भारत विहारको सुपौल जिल्ला अन्तर्गत पर्ने कुनौली ग्राम पञ्चायत विच रहेको दशगज्जा क्षेत्रमा दुवै तिरका स्थानियहरु विच झडप भएको छ।

सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच झडप, २ नेपाली घाइते

तिलाठी(सप्तरी)– सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर नेपाली र भारतीय पक्षबीच भएको झडपमा २ नेपाली घाइते भएका छन्। भारतीय पक्षले चलाएको ढुंगा र लाठी लागेर तिलाठी–४ का देवनारायण यादव र तिलाठी–६ का रोशन झा घाइते भएका हुन्।

सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच झडप

तिलाठी(सप्तरी)– सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा अहिले नेपाली स्थानीय युवा र भारतीय स्थानीयबीच झडप भइरहेको छ। बाढी रोक्न दशगजा क्षेत्रमा बिहीबार बिहानैदेखि भारतीयहरुले एकतर्फी रुपमा बनाउन लागेको बाँध स्थानीय नेपाली युवाहरुले भत्काएपछि झडपको स्थिति सिर्जना भएको हो।

दक्षिणी सुडानमा भएको झडपमा १५० भन्दा बढिको मृत्यु

दक्षिणी सुडानको जुवामा भएको झडपमा परी १ सय ५० भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गत शुक्रबार राष्ट्रपति साल्भा किरले उपराष्ट्रपति रिक मर्चासँग भेटवार्ता गर्ने क्रममा त्यहाँ गोली चलेको थियो। उनीहरुका अंगरक्षकहरुले एक आपसमा गोली चलाउन थालेपछि दंगा भड्केको थियो । सो घटनापछि अन्य स्थानमा पनि उनीहरुका समर्थकबीच झडप सुरु भएको थियो।त्यहाँका अधिकारीहरुले मृतकको संख्या अझ बढी हुनसक्ने बताए।

अतिक्रमित जमीनमा वृक्षाराेपण गर्ने क्रममा झडप, ८ प्रहरी घाइते

सर्लाही– ढुङग्रेखोला गाबिस–६, ७ र ८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जग्गा अतिक्रमण गरी बनाएका घरटहराहरु हटाई बृक्षारोपण गरी तारबार गर्ने क्रममा स्थानीयले विरोध गरी प्रहरीमाथि ढुंगा प्रहार गरेपछि मंगलबार झडप हुँदा ८ जना प्रहरी कर्मचारी घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्